युक्रेन | युक्रेनी बन्दरगाह सहर खेरसन रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका मेयरले बताएका छन् ।
अतिक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्त्वपूर्ण सहर हो ।
फेसबुकमा एउटा पोस्ट गर्दै खेरसनका मेयर इगोर कोलिखाएभले रुसी फौजहरू सहरको सभागृहमा पुगेको बताएका छन् |