• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्जमा शनिबारदेखि तेस्रो मेयर कप खेलकुद प्रतियोगिता शुरु

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७८, शनिबार २३:०२
  • २९५७

    बीरगन्ज । बीरगन्ज महानगरपालिकाले शनिबारदेखि तेस्रो मेयर कप खेलकुद प्रतियोगिता शुरु गरेको छ । प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उदघाटन गरे । प्रतियोगिताको उदघाटन समरोहमा विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले मार्चपास गरेका थिए । मार्च पासमा जिएचपी मावि पहिलो, मनकामना मावि दोस्रो सिद्वार्थ मावि तेश्रो भएका छन् । उनीहरुलाई प्रमुख अतिथि लगायत अतिथिहरुले पुरस्कार पनि वितरण गरेका थिए ।

    उदघाटन समारोहमा औपचारिक कार्यक्रमको समापन गर्दै बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विद्यार्थीहरुलाई अध्ययन अध्यापन बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराउने उद्देश्यले तीन वर्षदेखि मेयर कप खेलकुद प्रतियोगितामा ठूलो बजेट खर्च गरेर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले खेलकुदको विभिन्न विधामा प्रतिस्पर्धा रहेको प्रतियोगिता एक महिनासम्म चल्ने जानकारी दिदै विद्यार्थीहरुको अध्ययन पनि जारी नै रहेकोले त्यसलाई प्रभावित नहुने गरी प्रतियोगिता आयोजना गरिएको बताए ।

    उनले खेलकुदले व्यक्तिको शारिरिक र मानसिक स्वास्थ्य बलियो बनाउनुका साथै व्यत्तित्व विकासमा पनि सहयोग पुरयाउने बताए । बीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेशसभा सदस्य करिमा वेगम, महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, एन–प्याब्सनका रामराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । उदघाटन कार्यक्रम अगाडि विभिन्न स्कुलका बिद्यार्थीहरुले मार्चपास, झाँकी तथा नृत्य लगायतका प्रस्तुति दिएका थिए ।

    तर मेयर कपको उदघाटन कार्यक्रमका लागि स–साना विद्यार्थीहरुलाई घण्टौं घाममा लाइनमा उभ्याइए पछि थुपै विद्यार्थी मैदानमै बेहोस भएर ढलेको समाचार प्राप्त भएको छ । उद्घाटन कार्यक्रमको लागि भन्दै विद्यार्थीहरुलाई झण्डै तीन घण्टासम्म मैदानमा खडा गराइएको भन्दै मेयर विजय सरावगीको चौतर्फी आलोचना भएको छ । अपुग तयारीका बीच शुरु गरिएको मेयर कपमा सहभागी हुन निमन्त्रित केही अतिथि र विद्यालय निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो पुगेपछि कार्यक्रम प्रभावित भएको थियो । खाजा पानी बिना बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएपछि करिब आधा दर्जन भन्दा बढी विद्यार्थीहरु बेहोस भएका थिए ।

    मेयर कपको उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि बिहान ठिक ९ बजे कार्यक्रम स्थल आर्दशनगर रंगशालामा पुग्न महानगरपालिकाले सहभागी विद्यालयलाई पत्राचार गरेको थियो । सोही सर्कुलर अनुसार अधिकांश विद्यालयका विद्यार्थीहरु कार्यक्रम स्थल पुगेका थिए । तर निर्धारित समय भन्दा ३ घण्टा ढिलो शुरु भएपछि भोक भोकै मैदानमा उभ्याइएका विद्यार्थीहरु बेहोस भएका थिए । बिहान ९ बजे कार्यक्रम स्थल पु¥याउनका लागि विद्यालयहरुले तयारी गरेर कार्यक्रममा सहभागी हुन लागि बिहान ८ बजे नै विद्यालयमा बोलाएका थिए । यसरी बिहानको खाजाको भरमा भोक भोकै रंगशाला पुगेका विद्यार्थीहरु कार्यक्रम करिब ३ घण्टा ढिलो भएपछि मैदानमै धमाधम बिद्यार्थीहरु मुर्छित भए लडेको एक विद्यालयका शिक्षकले बताए । ततु पश्चात मात्र महानगरका कर्मचारीले पछि पानी र फ्रुटीको व्यवस्था गरेका थिए । त्यो पनि अपुग रहेको तथा धेरै विद्यार्थीहरुले पाउन नसकेको गुनासो गरे ।

    यस सम्बन्धमा बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बीरगन्ज महानगरले गरेको राम्रो काम देख्न नसक्नेले यस्तो गलत कुराको हावा फैलाएको दाबी गरे । उनले कमिसन खान पल्केकाहरुको दानापानी बन्द भएपछि अनावश्यक हल्ला फैलाएको बताए । सबै विद्यालयका विद्यार्थीहरुलाई खाना खाएर सहभागी हुन आउन जानकारी गराई पनि केही विद्यार्थी भोक भोकै आएका कारण बेहास हुन पुगेको उनले भने । उनले भने,“विद्यार्थीहरुलाई खाना नखाईकन आए, खाना खाएर आउन भनेकै हो, भोक भोकै उभिएपछि बेहास हुन सामान्य हो तर महानगर खेलकुद अवधिभरको लागि ग्लुकोज पानी, औषधोपचार, तत्काल अस्पताल लैजानको लागि एम्बुलेन्स सबैको व्यवस्था गरेका छ । ”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑