वीरगञ्ज | हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-८ का ३४ वर्षीय दीपककुमार महरा छन्।
बारा फेटा गाउँपालिका-४ का ४६ वर्षीय प्रेमचन्द्र महराको हत्या आरोपमा महरालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
दीपकको वीरगञ्ज-१६ फूलबरिया टोलस्थित गाईगोठमा शुक्रबार हत्या भएको थियो। गर्धन र टाउकोको पछाडिको भागमा खुकुरी प्रहार भएको अवस्थामा शव फेला परेको थियो।
महरालाई शुक्रबार नै राति पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। घटनाको कारणबारे अनुसन्धान भइरहेको खनालले बताए।