वीरगन्ज । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ टोल बलुवाको हनुमान मन्दिर नजिकै टैम्पु पल्टिदा दुई जना घाइते भएका छन ।
घाइते हुनेमा पोखरिया नगरपालिका वडा नम्बर ७ रानिगन्जका तुफान ठाकुर र अर्को टैम्पु चालक जोखु पटेल रहेको इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी नीरिक्षक रामकाजी थापाले बताएका छन ।
तुफान ठाकुर समान्य घाइते भएको र अर्को टैम्पु चालक पटेल गम्भीर घाइते भएको र खुटा भाचिएका प्रहरी नीरिक्षक थापाले बताए । घाइतेहरुको उपचारकोलागी नारायणी अस्पताल वीरगञ्ज पठाएको र टैम्पु इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीमा राखि थप अनुशन्धान भै रहेको प्रहरी नीरिक्षक थापाले बताए । तिब्र गतीमा गैरहेको टैम्पु अचानक टर्निङ्ग आउदा सो टैम्पु पल्टिएको प्रत्यक्ष दर्सी सखुवाप्रसौनी गाउँ पालिकाको वडा नम्बर ४ देवरबानाका राघो साहले बताए ।