• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ रोक्ने नियमावली ल्याउन अलमल

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७८, बुधबार १०:४६
  • २७३३

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले तयार पारेको भित्री सूचनाको आधारमा कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी नियमावली २ वर्षदेखि अलपत्र परेको छ ।सेयर बजारमा सूचना चुहाएर हुने कारोबार रोक्ने गरी बनेको महत्वपूर्ण विनियमावली अर्थ मन्त्रमालयमा पुगेर अडि्कएको हो ।

    सेयर बजारमा भित्री सूचनाका आधारमा कारोबार गर्नु गैर कानूनी कार्य हो । इन्साइडर ट्रेडिङले पहुँचवालाहरुले राम्रो कमाउने र सोझा लगानीकर्ताहरु फस्ने जोखिम हुन्छ । ऐनले इन्साइडर ट्रेडिङलाई गैर कानूनी भने पनि यस सम्बन्धी नियमावली नहुँदा बोर्डले कारबाही गर्न सकेको थिएन ।

    नियमावली भए कारबाही गर्न सहज हुने भन्दै बोर्डका तत्कालीन अध्यक्ष डा. रेबतबहादुर कार्कीले २०७६ सालमा इन्साइडर ट्रेडिङ सम्बन्धी नियमावली तयार पारेका थिए । आन्तरिक समिति बनाएर तयार पारिएको नियमावली अर्थमन्त्रालयमा पुगेर थन्किएको थियो ।

    बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता निरज गिरी नियमावलीको मस्यौदा अर्थमन्त्रालयमा नै रहेको बताउँछन् । नियमावलीको मस्यौदाका विषयमा छलफल हुनै बाँकी रहेको उनको भनाइ छ । उता मन्त्रालयका उच्च अधिकारीहरुलाई नै मस्यौदाका विषयमा जानकारी छैन । नियमावली दर्तापछि तीन जना अर्थमन्त्री नै फेरिएका छन् ।

    अलि बाठा लगानीकर्ताहरूको सीधै कम्पनीको सञ्चालक समिति वा उच्च व्यवस्थापनमै पहुँच हुन्छ । जसले गर्दा कम्पनीले गर्ने महत्वपूर्ण निर्णय उनीहरूले अन्य सर्वसाधारणले भन्दा पहिले नै जानकारी पाउँछन् । मानौं कुनै कम्पनीले निकै आकर्षक लाभांश दिने निर्णय गर्दैछ भने पहुँच भएकाहरूले पहिले नै जानकारी पाउँछन् र सेयर किन्छन् ।

    जब सामान्य लगानीकर्तासम्म यो जानकारी पुग्छ, त्यतिबेलासम्म बाठा लगानीकर्ताले नाफा बुक गरेर बेच्न तयार भइसकेका हुन्छन् । अर्को गलत सूचनाको हल्ला फैलाएर पनि बाठा लगानीकर्ताहरूले आफू कमाउने र अरूलाई डुबाउने गर्छन् । गत वर्ष नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मा यस्तै भयो । एकाएक बैंकको सेयर मूल्य बढ्यो । जबकि त्यसबेला एनसीसी बैंकमा मूल्य बढ्ने किसिमका केही सूचना थिएनन् ।

    नेप्सेका एक अधिकारी सेयर मूल्य बढाउनकै लागि केही ठूला लगानीकर्ताहरूले मर्जर सम्बन्धी हल्ला फैलाएको बताउँछन् । यो घटनापछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्यो । बैंकले लाभांश यसअघि नै घोषणा गरिसकेको र मर्जर सम्बन्धी कुनै निर्णय भइनसकेको भन्दै नेप्सेलाई स्पष्टीकरण बुझायो ।

    किन थन्कियो नियमावली ?

    तत्कालीन अध्यक्ष कार्कीको पालामा इन्साइडर ट्रेडिङ रोक्नु पर्ने आवाज निकै चर्को रुपमा उठेको थियो । यसलाई रोक्न नियमावली आवश्यक रहेको भन्दै अध्यक्ष कार्कीले बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा समिति बनाएका थिए । अधिकारी संयोजकत्वको समितिले नियमावलीको मस्यौदा बनाएर दिएको थियो । नियमावलीको मस्यौदा अध्यक्ष कार्कीले २०७६ जेठमै अर्थमन्त्रालय पुर्‍याए ।

    नियमावली दर्ता गराएका तत्कालीन अध्यक्ष कार्की जसरी पनि पास गर्नु पर्ने पक्षमा थिए । तर नियमावली दर्ता भएको चार महिना पनि पुग्न नपाउँदै उनी असोजमा अध्यक्षबाट अवकास भए । कार्की पछि अध्यक्ष बनेका भीष्मराज ढुंगानाले पनि यस विषयमा चासो नदिएका भने होइनन् ।

    ढुंगाना अध्यक्ष बनेर आएपछि नियमावलीको मस्यौदाका विषयमा दुई पटक अर्थमन्त्रालयमा छलफल समेत भएको थियो । तर मस्यौदामा गरिएका व्यवस्थाहरुका विषयमा अध्यक्ष ढुंगाना आफैंले संशोधन हुनुपर्ने बताएका थिए । मस्यौदालाई संशोधन गरी पारित गर्नु पर्ने बताएका ढुंगाना पुरा कार्यकाल पदमा रहन सकेनन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि ढुंगाना पद मुक्त भएका थिए ।

    ढुंगाना पदमुक्त भएपछि लामो समय अध्यक्ष नियुक्ति प्रक्रिया नै अलपत्र पर्‍यो । गत आइतबार भने नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । बजारमा रहेको बेथिति रोक्ने र साना लगानीकर्ताको हितका लागि काम गर्ने वचनवद्धता गरेका अध्यक्ष हमालले सम्भवतः यो नियमावली ल्याउनेछन् ।

    बोर्डका पूर्व अध्यक्ष कार्की अध्यक्ष हमालले बजारको वेथिति रोक्न तत्कालै यो नियममावली ल्याउन सक्रियता देखाउनु पर्ने बताउँछन् । सेयर बजारमा इन्साइडर ट्रेडिङ मौलाउदो अवस्थामा रहेको भन्दै उनले नियमावली ल्याएर बद्मासी गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।

    ‘यहाँ त नियम नभएर समस्या भएको हो, नियम हुने हो भने बद्मासी रोकिन्छ’ पूर्व अध्यक्ष कार्कीले भने, ‘यसथ अब तत्कालै नयाँ अध्यक्ष ज्यूले अन्य कामसँगै नियमावली ल्याउन समेत सक्रियता देखाउनुपर्छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑