• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देशका सबै स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा पुग्यो निःशुल्क इन्टरनेट

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७८, मंगलवार १७:४५
  • २६८५

    वीरगन्ज । देशभर रहेका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ ।

    पाँच हजार २३३ माध्यमिक विद्यालय र चार हजार चार हजार १२२ वटा स्वास्थ्य संस्थामा दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने योजना सहित यो परियोजना अघि बढाइएको थियो ।

    नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी यो परियोजना अघि बढाएको छ । सोही कोष अन्तर्गत सञ्चालित परियोजनाहरूको २०७८ माघ मसान्तसम्मको प्रगति विवरण मंगलबारमात्रै सार्वजनिक भएको छ ।

    प्रगति विवरण अनुसार विभिन्न चरणमा भएको सम्झौता अनुरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा इन्टरनेट जडानको काम सम्पन्न भएको छ ।

    प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत ७०२ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्नेगरी १८ परियोजना अगाडि बढाएको छ ।

    जसअन्तर्गत ७०२ वटा स्थानीय तह, पाँच हजार ९३३ वटा वडा कार्यालय, पाँच हजार २३३ वटा माध्यामिक विद्यालय र चार हजार १८० वटा स्वास्थ्य संस्था गरी कूल १६ हजार ४८ वटा स्थानमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम अगाडि बढाइएको थियो ।

    त्यसमध्ये ९९.५१ प्रतिशत स्थानीय तहमा इन्टरनेट जडानको काम सम्पन्न भइसकेको जनाइएको छ । जसअन्तर्गत ६९७ स्थानीय तह, पाँच हजार ८३३ वटा वडा कार्यालय, पाँच हजार २३३ माध्यमिक विद्यालय र चार हजार १८० स्वास्थ्य संस्था गरी कूल १५ हजार ९४३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको हो ।

    योसँगै अब परियोजना अन्तर्गत पाँच स्थानीय तह र १०० वटा वडा कार्यालय गरी कुल १०५ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्न बाँकी छ । यसरी जडान भएका स्थानमा दुई वर्षसम्म निशुल्क रुपमा इन्टरनेट उपलब्ध हुने छ ।

    त्यसमध्ये कतिपय स्थानमा दुई वर्ष पुगिसकेको छ भने कति स्थानमा जडानकै क्रम बाँकी रहेको छ । दुई वर्ष पुरा भइसकेको स्थानमा भने सम्बन्धित संस्थाले नै इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी इन्टरनेट जडान गर्न सक्नेछन् ।

    प्राधिकरणका अनुसार १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेजमार्फत ७० जिल्लाका सबै स्थानमा इन्टरनेट सेवा विस्तार सम्पन्न भएको जनाएको छ । त्यस्तै दुईवटा प्याकेजमार्फत चार वटा जिल्लामा ५० प्रतिशत कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइएको छ ।

    यसका साथै प्राधिकरणले हाल यसअघि उपलब्ध गराउँदै आएको इन्टरनेटको गुणस्तरलाई समेत वृद्धि गर्ने परियोजना अघि बढाएको छ ।

    जसमा पहिलो चरण अन्तर्गत भुकम्पबाट अति प्रभावित ८ जिल्ला(काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा) का वडा कार्यलय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा २० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने तयारी गरेको छ ।जसमा कुल ४ हजार २ सय ५१ संस्थाहरू रहेका छन् । उक्त संस्थाहरूमा २० एमबीपीएसको इन्टरनेट जडानका तथा त्यसको दुई वर्षसम्मको खर्च प्राधिकरणले गर्ने प्रक्रिया अघि बढाइएको हो ।

    त्यसमध्ये माघसम्म ७२ गाउँपालिका तथा नगरपालिकासँग सम्झौता भइसकेको उल्लेख छ । सम्झौता अनुसार काम सम्पन्न भएको भएपनि परियोजनाको प्रमाणीकरणको कार्य भने निकै सुस्त देखिएको छ ।

    प्राधिकरणले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म जम्मा सातवटा परियोजनाको मात्रै अनुगमन गरी प्रमाणीकरणको कार्य सम्पन्न भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑