वीरगंज | अमेरिकाले एमसीसी स्वीकार गर्ने वा नगर्ने नेपालको हातमा रहेको बताएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासले शनिवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वमौम विषय भएको बताएको हो ।
‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो’, दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चीनले एमसीसीका सन्दर्भमा अमेरिकाले नेपालमाथि मिचाह कुटनीतिक शुरू गरेर बलजफ्ती गरेको टिप्पणी गरेको भोलिपल्ट अमेरिकाले विज्ञप्ति जारी गरेर जवाफ दिएको हो ।
यस वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष समेतको भन्दै दुतावासले अमेरिका सधैं नेपालको परिर्वतन र विकासको पक्षमा रहेको जनाएको छ
‘५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबीचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।