वीरगन्ज । आयोगले बुधबार सूचना प्रकाशित गरी स्थानीय तहको चुनावका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान गरेको हो। दल दर्ता गर्न १५ फागुनसम्मको म्याद दिइएको छ।
दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना खुलाउनुपर्नेछ। यससँगै पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण उल्लेख गर्नुपर्नेछ।
आयोगले निवेदनसँगै केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी र सदस्य संख्या पनि खुलाउन भनेको छ। दल दर्ताका लागि आयोगले तीन वर्षको लेखा परीक्षण प्रतिवेदन पनि बुझाउन भनेको छ।
यस्तै, यससँगै दल दर्ता गर्नेसम्बन्धी केन्द्रीय समितिको निर्णय पनि सामेल गर्नुपर्नेछ। दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमुना पनि सामेल गर्नुपर्नेछ।
थप सामग्री : https://www.himalkhabar.com/news/128375