वीरगन्ज । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चटयाङसहित असिना पानीको सम्भावना रहेको छ ।
मधेस प्रदेश साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार राति देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङसहित असिना पानी परेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हिउँ परेको छ।
चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले सर्व साधारणलाई आग्रह गरेको छ ।