वीरगंज | ब्रा बारे खुलेर कुरा गर्न पनि हाम्रो समाजमा प्रतिबन्ध छ । विश्वभरीका करोडौँ महिलाको मनमा ब्राबारे विभिन्न प्रश्न रहँदै आएको छ । विशेषगरी ब्रा लगाउने कि नलगाउने भन्ने प्रश्नमा नै धेरैजना अल्मलिएका छन् । यस्तै गरी, २४ घन्टा ब्रा लगाउनाले के साँच्चिकै स्तन क्यान्सर हुन सक्छ ? यो प्रश्नको जवाफ अमेरिकन क्यान्सर सोसाइटीले दिएको छ ।
अमेरिकन क्यान्सर सोसाइटीले ब्रा लगाउनाले स्तन क्यान्सर हुन्छ नै भन्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताएको छ ।सन् २०१४ मा १ हजार ५१३ पोस्ट मेनोपज (रजनोवृत्ति) भइसकेका महिलामा अनुसन्धान गरियो । जसमा ब्रा लगाउनु र स्तन क्यान्सरबीच कुनै सम्बन्ध नभएको पाइयो ।
हामी आज ब्रा लगाउनुका फाइदा र बेफाइदाबारे यहाँ जानकारी दिँदै छौँ ।
के हो पोस्ट मेनोपज ?
जो महिलाको पछिल्लो एक वर्षमा महिनावारी भएको छैन भने यसलाई मेनोपज भनिन्छ ।
मेनोपजपछि पनि महिलाको एक वा दुई पटक महिनावारी हुनसक्छ । तर सबै महिलामा त्यस्तो नहुन पनि सक्छ । जब महिनावारी पूर्ण रुपमा बन्द हुन्छ अर्थात् मेनोपजपछिको समयलाई पोस्ट मेनोपज भनिन्छ ।
के ब्रा लगाउन आवश्यक छ ?
फ्रान्सको बेसकोन विश्वविद्यालयका प्राध्यापक जीन–डेनिस रुइलानका अनुसार ब्रा लगाउनैपर्छ भन्ने छैन । यो नलगाउँदाका फाइदा धेरै छन् । प्राध्यापकले १५ वर्षसम्म ब्राबारे गरेको अनुसन्धानपश्चात् ब्रा लगाउनुका फाइदाभन्दा नोक्सान बढी हुनसक्ने बताएका छन् ।
उनको टोलीले १८ देखि ३५ वर्ष सम्मका ३३० महिलालाई छनौट गरे र उनीहरुको स्तनमा १५ वर्षसम्म अनुसन्धान गरे । अर्थात् १५ वर्षसम्म सबै महिलाको स्तनको साइज लिइयो । उनीहरुले स्तनको स्वरुपमा के–कस्ता परिवर्तन आए भनेर पनि हेरे । यो अनुसन्धानमा पाइए अनुसार जुन महिलाले ब्रा लगाएका थिएनन् उनीहरुको निप्पल लगभग ७ मिलिमिटरसम्म बढेको भेटियो ।
ब्रा लगाउँदा के हुन्छ ?
पेक्टोरल मसल्समा शिथिलता बढ्छ ।
मांसपेशी कमजोर हुन्छन् । पेक्टोरल, छातीलाई काँधसँग जोड्ने मांसपेशी हो ।
तपाईंले पनि ब्रा नलगाउने त ?
यो अनुसन्धान पढेपछि महिलाहरुलाई ब्रा लगाउन छोड्नु पो पर्ने हो कि भन्ने लाग्न सक्छ । प्राध्यापक जीन–डेनिस रुइलानले लामो समयदेखि ब्रा लगाइरहेका महिलालाई यो लगाई रहन सुझाव दिएका छन् । अप्रत्याशित रुपमा यसलाई रोक्नाले कुनै फाइदा नहुने उनी बताउँछन् ।
ब्रा नलगाउनुका फाइदा के–के छन् ?
तपाईं आनन्दित महसुस गर्नुहुन्छ ।
पेक्टोरल मसल्सले काम गर्छ जसले स्तनको आकार बढाउन मद्दत गर्छ ।
रक्त सञ्चार राम्रो हुन्छ ।
छाती नजिकै वा पिठ्यूँ दुख्ने समस्या कम हुन्छ ।
छालामा डाम बस्दैनन् ।
स्तनमा दबाब पर्दैन ।
ब्रा नलगाउनाले के स्तन खुकुलो हुन्छ ?
ब्रा नलगाउँदा स्तन खुकुलो हुने हो कि भनेर धेरै महिलालाई शंका लाग्न सक्छ । क्यालिफोर्नियाकी एक नर्स पेट्रिसिया गेराप्टीले यो तर्क चिकित्सकीय रुपमा प्रमाणित भइ नसकेको बताएकी छिन् । उनका अनुसार पाका उमेरका महिलाको गर्भवती भएपछि स्तनमा खुकुलोपना आउन सक्छ । यस्तो ब्रा नलगाएका कारण हुने होइन ।
यद्यपि, ब्रा लगाउनुका बेफाइदा मात्रै छन् भन्ने होइन । यसका केही फाइदा पनि छन् ।
– स्तनले सपोर्ट पाउँछ ।
–सार्वजनिक स्थानमा आत्मविश्वास बढाउँछ ।
– कुनै पनि पहिरनमा तपाईंको शरीरलाई आकर्षक देखाउँछ ।
– ठिक साइजको ब्रा लगाउँदा शरीर सुगठित देखिन्छ ।
राती ब्रा लगाएर नसुत्नुहोस्ः
– असहज महसुस हुँदैन ।
– शरीरमा चिलाउने वा जलन महसुस हुँदैन ।
– छाती दुखेको वा आत्तिएको जस्तो समस्या हुँदैन ।
– मिठो निद्रा लाग्छ ।
– शरीर पूर्ण रुपमा रेस्ट मोडमा आउँछ ।