• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रमिक नपाउँदा किसानलाई छैन पर्वको रौनक

  • वीरगंज संजाल
  • १८ माघ २०७८, मंगलवार १७:३७
  • २२२९

    वीरगंज | “माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्क मान्दै भन्छन्, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश म¥यो ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने महतो अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्नुहुन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ–नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि महतोको चिन्ता बढेको हो ।

    श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने मिथिला क्षेत्रको खास पर्व हो । श्रमिकलाई खुशी पार्न नयाँ लुगा, मिष्ठान्न परिकारका खाना र दक्षिणाको मेसो मिलाउन किसान आफ्नो सामथ्र्यभित्र रमाएरै लाग्ने चलन रहँदै आएको तर पर्वको मुख्य पाटो श्रमिक नै नपाएपछि किसानमा पर्वको रौनक देखिँदैन । “के पर्वमा रमाउनु ? वरण गर्ने श्रमिक नै नभेटेपछि घरमा पर्वको के खुशी भित्रन्छ र ?”, महतोले भने । यसपालि यही आउने आइतबार श्रीपञ्चमी पर्व परेको छ ।

    महतोजस्तै उहाँकै छिमेकी हरिदेव साहले पनि वसन्तपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन अघिल्लो वर्षका लागि श्रमिक पुज्न पाउनुहुने छाँट छैन । आफ्नै र छिमेकका बस्तीमा श्रमिक खोज्दा अहिलेसम्म नपाएको साहको भनाइ छ । “हाम्रा वरपर मुसहर र बाँतर जाति समुदाय कृषि कार्यका लागि पोख्त मानिन्छन्, तर ती बस्तीमा अब बूढाबूढी र पाका उमेरका महिलामात्र भेटिन्छन्”, साहले दिक्क मान्दै भने, “लगातार तीन वर्ष भयो श्रीपञ्चमीमा श्रमिक पुज्न पाइएको छैन ।” कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाव जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको साहसहितका किसान बताउँछन् । अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने (वरण गर्ने) परम्परा त्यत्तिकै हराएर जाने साहको भनाइ छ ।

    श्रीपञ्चमी पर्व नजिकिँदै गर्दा कृषि श्रमिक पुज्न नपाउने कुराले यहाँका आम किसानमा चिन्ता बढाएको छ । आम किसान यो समस्याले बिलखबन्द परेका छन् । काम गर्ने उमेरका युवा गाउँ, नगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न पाइने छाँट नदेखिएको जिल्लाकै बर्दिवास नगरपालिका–६ किसाननगरका पाका किसान भीष्मकुमार खड्काको दुःखेसो छ ।

    “घरका छोरा हामी लेखपढ भएका हलो जोतेर बस्दैनौँ भनेर जागिरमा गए, वरपर काम गर्ने श्रमिक पाइन छाडियो”, उमेर सात दशक कटाएका खड्काले भने, “आफ्ना हातपाउ गले, अब खेती गरेर भकारी भरौँला भन्ने नसोचे भयो ।” काम गर्ने श्रमिक नपाएर दिक्क हुनुभएका खड्काले अब जग्गा ठेक्का, बटैया दिने वा बेच्ने विकल्पमात्र देख्न थालिएको बताए ।

    हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक (मजदुर) माघ शुक्ल पञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने मिथिला परम्परा रहिआएको छ । यसै दिन कृषि ज्यावल वर्षभरि मर्मतसम्भार गर्ने (हलो ठोक्ने, कुटो कोदालोे र हँसिया, कँचिया उध्याउने र बिँड ठोक्ने) कामका लागि लोहार (कृषि ज्यावल मर्मतसम्भार गर्ने मिथिलाको खास जाति विशेष)को कुरा टुङ्ग्याउने गरिए पनि यसपालि बस्तीमा कृषि कार्यका श्रमिक र लोहार नभेटिएपछि श्रमिक र लोहार वरण गर्न नपाइएको बर्दिबास–९ पशुपतिनगर–४ का ८० वर्षीय किसान नथुनी महतो बताउँछन् ।

    मिथिला परम्परामा श्रीपञ्चमीका दिन श्रमिक र लोहारको पारिश्रमिकको आपसी सहमतिमा टुङ्गो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराई दक्षिणा दिएर वरण गरेपछि उनीहरू अघिल्लो एक वर्षका लागि काममा बाँधिएको भन्ने मानिन्छ । परम्पराले यसै दिन श्रमिक र लोहारको टुङ्गो लगाउने भने पनि गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि भारतको पञ्जाव र अन्य अरब राष्ट्रतिर गएपछि काम गर्ने मान्छे पाउन नसकिएको जिल्लाकै लोहारपट्टी नगरपालिका–६ का किसान चन्देश्वर मण्डलले पिरोलिँदै बताए ।

    कृषि कार्यका श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी अब बाँझै बस्न थालेका छन् । “गर्ने कोही नभएपछि के गर्नु ? आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइँ बस्नुपरेको छ”, भङ्गाहा–३ का ७५ वर्षीय किसान रुपनारायण सिंह थारू भन्छन् । दुई दशक अघिसम्म घरमा श्रीपञ्चमी पर्वका दिन हलो, कोदालो चलाउने, गाईभैँसी चराउने, घाँस काट्ने र अन्य खेती कार्यका लागि आपूmले वर्षेनी पाँच–सात जना श्रमिक पुज्ने गरेको झलझली सम्झनुभएका थारू क्रमशः यो क्रम घट्दै गएर पछिल्ला पाँच वर्षयता मान्छे नै नपाएको बताउँछन् ।

    खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रूपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेट्टाइन छाडेपछि स–साना नानीलाई अक्षराम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जिल्लाका बुद्धिजीवी बताउँछन् । “खेतीपाती नै मुख्य व्यवसाय भएपछि कृषि श्रमिकको चाँजोपाँजोसँग जोडिएको श्रीपञ्चमी किसानका लागि खास पर्व बन्नु त स्वाभाविक नै भयो”, माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट सेवा निवृत्त भई खेतीपातीमा जोडिएका भङ्गाहा–७ मेघरोलका ६५ वर्षीय चन्द्रनारायणसिंह थारू भन्छन्, “मैले सात–आठ वर्षमै हार खाएँ, मान्छे भेटिँदैनन् के गरौँ ?”, सेवा निवृत्त भएर घर आउँदा मज्जाले खेतीपाती गर्छु भन्ने रहर श्रमिक नै नपाएर मर्दै गएपछि अब विस्तारै जग्गा बेच्दै व्यापारतिर डोरिन लागेको थारू बताउँछन् ।

    मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास छ । खेतीपातीसँग सम्बन्ध जोडिएको यो पर्व अब विस्तारै ‘मिथिलामा हराउँदै गएको परम्परा’ भनेर पछिल्लो पुस्तालाई भन्ने, सुनाउने दिन नजिकिएको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑