वीरगंज | सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन सातै प्रदेशमा ६० लाख ९६ हजार ५०० सिरिन्ज वितरण गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर, पथलैयाबाट सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरु र केन्द्रीय स्टाेर टेकुबाट बागमती प्रदेशका १० जिल्लाहरु सो परिमाणको सिरिन्ज वितरण गरेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रहरुमा सो सिरिन्ज वितरण गरिएको हो। प्रदेश १ मा ११ लाख ४८ हजार, मधेशमा ११ लाख ४८ हजार, बागमती प्रदेशको हेटौंडामा ५ लाख, गण्डकी प्रदेशमा ५ लाख ४० हजार, लुम्बिनी प्रदेशमा ८ लाख ८० हजार र कर्णाली प्रदेशमा ५ लाख सिरिन्ज वितरण गरिएको छ।
यस्तै बागमती प्रदेशका १० जिल्लाहरुमा ६ लाख ८० हजार ५०० सिरिन्ज वितरण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सिरिन्ज शुन्य दशमलब ५ एमएलको हो।