• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओमिक्रोन संक्रमित कति दिन आइसोलेसनमा बस्ने ?

  • वीरगंज संजाल
  • ११ माघ २०७८, मंगलवार २०:१०
  • ३१८१

    वीरगंज । कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएर आइसोलेसनमा बस्नेको संख्या बढेको छ। संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् भने केही संस्थागत आइसोलेसनमा छन्। तर कति दिन आइसोलेशनमा बस्ने ? धेरैलाई अलमल तथा दुविधा भइरहेको पाइन्छ। यसबारे सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय फरकफरक गाइडलाइन तयार पारेका छन्।

    भारत सरकारले जनवरी ५ मा जारी गरेको गाइड लाइनअनुसार कोरोना संक्रमित व्यक्ति कम्तीमा ७ दिन होम आइसोलेसनमा बस्नुपर्ने भनेको छ। कन्ट्रयाक ट्रेसिङमा परेका तर लक्षण नभएकाहरूको परीक्षण आवश्यक नभएको गाइडलाइनमा भनिएको छ। यस्तै ७ दिनको आइसोलेसनपछि भारतमा पुनः परीक्षणको आवश्यकता छैन।

    त्यस्तै, सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले तयार पारेको पछिल्लो गाइडलाइनअनुसार कोभिड पुष्टि भएको व्यक्तिले अलग्गै बसी कम्तीमा पाँच दिन बिताउनुपर्छ। त्यसपछि घरमा बस्दा वा बाहिर निस्कँदा पाँच दिन अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ। पाँच दिनसम्म पनि लक्षण रहिरह्यो अथवा रिपार्ट पोजेटिभ आएमा खोप लगाएको नलगाएको ख्याल गरी अवस्थाअनुसार अलग्गै बस्न सकिन्छ। यदि पाँच दिनसम्म लक्षण देखिन छाड्यो र स्वास्थ्यावस्था सामान्य भएमा आइसोलेसनमा बस्नुपर्दैन। (सिडिसी) को गाइडलाइनअनुसार लक्षण नभएका वा लक्षणमुक्त भएका संक्रमित पाँच दिन आइसोलेसन बसेपछि पिसिआर नगरी स्वास्थ्य मापदण्ड पालना गरी बाहिर निस्कन सकिन्छ।

    त्रिवि शिक्षण अस्पतालका फिजिसियन डा. खेमराज भुसाल कतिदिन आइसोलेसनमा बस्ने भन्ने स्पष्ट मापदण्ड र अभ्यास नहुँदा कतिपय संक्रमित आवश्यकभन्दा धेरै र कतिपय कम आइसोलेसनमा बसेको बताउँछन्। उनका अनुसार सिडिसीको आइसोलेसन मापदण्डलाई आधार मानेर पाँच दिन आइसोलेसन बसे पुग्छ। तर सिडिसीको गाइडलाइनमा सर्तहरू भने छन्। आइसोलेसनबाट निस्किए पनि कसैलाई भेट्दा पाँच दिनसम्म मुख टम्म छोपिने गरी मास्क लगाउनुपर्छ। लक्षण देखिएको १० दिनसम्म सकेसम्म बाहिर ननिस्कँदा राम्रो र यदि ज्वरो आएको छ भने अरूको सम्पर्कमा नबस्न भनिएको छ।

    ‘सहज आइसोलेसन कक्ष छ भने त १० दिनसम्म पनि बस्दा भयो तर अरूलाई सर्ने अवस्थाका आधारमा भन्दा पाँच दिन आइसोलेसनमा बसे पुग्छ,’ डा. भुसालले भने। उनका अनुसार संक्रमितमध्ये अधिकांश व्यक्ति पाँच दिनभन्दा बढी बसेका छन्।

    कतिपयमा पाँच दिनमा लक्षण नहराउने भएकोले त्यस्ता व्यक्ति सात दिन वा १० दिनसम्म आइसोलेसनमा बस्न सके राम्रो भनिएको छ। उनका अनुसार नयाँ भेरियन्ट ओमिक्रोन एउटा व्यक्तिबाट १० जनासम्ममा सर्छ, यो भाइरस तीव्र फैलावट हुने भएकोले खतरा मानिएको हो। उनका अनुसार संक्रमण भएर स्वास्थ्य अवस्था सामान्य छ भने पाँच दिन वा सात दिनपछि आइसोलेसनबाट निस्कन उचित हुन्छ। तर संक्रमण पुष्टि भएको पाँच दिनमै पिसिआर गर्दा पोजेटिभ आउने सम्भावना हुने र भाइरस पनि सक्रिय रहने भएकोले कतियपले सात दिनलाई उपयुक्त मानेको डाक्टर भुसालको भनाइ छ।

    १५/२० दिनसम्म पोजेटिभ आइरहे के गर्ने ?
    कोरोना संक्रमण भएर कतिपय छिटो निको हुन्छन्। अर्थात् छिटो रिपार्ट नेगेटिभ आउँछ। तर कतिपयको भने धेरै दिनसम्म पोजेटिभ रिपार्ट आउँछ। रिपार्ट पोजेटिभ आइरहेको वेलामा बिरामीहरू भित्रै बस्छन्। उनीहरू बाहिर निस्कन डराउँछन्। तर धेरै दिनसम्म पोजेटिभ रिपार्ट आए पनि हाल सात दिनसम्म आइसोलेसन बस्दा पनि फरक नपर्ने डा. भुसालले बताए। उनका अनुसार पाँचदेखि सात दिनसम्म भाइरस निस्क्रिय वा मर्ने भएकोले पोजेटिभ रिपार्ट आए पनि बाहिर निस्कन मिल्छ। रिपार्ट पोजेटिभ आए पनि त्यस्ता व्यक्तिबाट भाइरस नसर्ने उनले बताए। ‘सकिन्छ भने जति धेरै आइसोलेसनमा बस्दा फरक पर्दैन तर खास पाँच वा सातदिनपछि बाहिर निस्कन मिल्छ,’ उनले भने, ‘१० दिनसम्म बस्दा झन् ढुक्क हुन्छ।’

    आइसोलेसनमा धेरै दिन बस्नुको अर्थ हुन्न
    डा. भुसालका अनुसार यदि कोरोना नसर्ने सम्भावना छ भने आइसोलेसनमा धेरै दिन बस्नुको अर्थ हुन्न। आइसोलेसन बस्नुको कारण नै आफूबाट अर्को व्यक्तिमा नसरोस् भन्ने हो। यस विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आआफ्नै गाइडलाइन बनेको पाइन्छ।

    लक्षणसहितका संक्रमित कति दिन बस्ने ?
    कतिपयलाई कडा लक्षणसहित कोरोना संक्रमण भइरहेको छ। कडा लक्षणसहित ज्वरो र दुखाइ भएको अवस्थामा लक्षण वा दुखाइमुक्त नभएसम्म आइसोलेसन बस्नुपर्ने सुझाब दिइएको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले तयार पारेको गाइडलाइनअनुसार पाँच दिनसम्म पनि लक्षण रहिरह्यो अथवा रिपार्ट पोजेटिभ आएमा खोप लगाएको नलगाएको ख्याल गरी अवस्थाअनुसार अलगै राख्न आवश्यक छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट
  • मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’
  • नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    पर्सामा सशस्त्र प्रहरीद्वारा खेतबाटै १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    News

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    News

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    News

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑