वीरगन्ज । कोरोना संक्रमण बढेका बेला आम सर्वसाधारणलाई स्वास्थ्य परामर्श दिने उदेश्यले नेपाल चिकित्सक संघले मंगलबार (भोलि) देखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । अमेरिका नेपाल मेडिकल फाउन्डेशन र नेपाल टेलिकम संग सहकार्य गर्दै संघले कल सेन्टर सञ्चालनमा ल्याउने भएको हो ।
संघले परामर्श लिनका लागि ११५६ नम्बरमा फोन गर्न सकिने जनाएको छ । यो सेवा विहान ८ बजे देखि बेलुका ८ बजेसम्म सञ्चालनमा हुनेछ ।
‘खास गरी कोरोनाको तेस्रो लहर सामना गर्नका लागि यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कोरोनाको कारण स्वास्थ्य समस्यामा पर्नु भएका जो कसैले परामर्श लिन सक्नुहुनेछ,’ संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।