वीरगन्ज । भन्सार छली ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद भएको छ ।
मिति २०७८।१०।०९ गते अं.१३:३० बजे वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएका रू.४,२८,६६०।– ( चार लाख अठाइस हजार छ सय साठी ) बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि मिति २०७८।१०।०९ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको व्यहोरा सूचित गरिन्छ ।