सर्लाही । सर्लाहीमा लागूऔषध गाँजासहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । प्रहरीले सर्लाहीको हरिवनबाट शनिबार राति गाँजासहित श्रीमान-श्रीमती पक्राउ गरेको हो । पक्राउ पर्नेमा वाग्मती नगरपालिका वडा नम्बर १२ निवासी ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनकी श्रीमती ३० वर्षीया ऋचा अधिकारी पक्राउ रहेका छन् ।
हरिवन नगरपालिका वडा नम्बर ८ पुरानो बजारस्थित भित्री सवारीसाधनको नियमित चेकजाँच गर्नेक्रममा पश्चिमबाट पूर्वतर्फ दम्पती सवार बा ६८ प ४९७२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ऋचाको हातमा रहेको कालो झोलाबाट पाँच किलोग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
गाँजासहित पक्राउ परेका अधिकारी दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिन्धुली र सर्लाहीको चुरे क्षेत्रमा व्यावसायिक रुपमा गाँजा खेती भइरहेको छ । त्यहाँ उत्पादित गाँजाको प्रमुख बजार भारतीय सिमावर्ती जिल्ला हो ।