वीरगंज । देशको सबै भन्दा ठुलो आर्थिक केन्द्र, राजधानीको लागि चाहिने सम्पुर्ण पुर्बाधार, प्रस्तावित अन्तर्राष्ट्रिय एयर्पोर्ट र फास्ट ट्रेकको नजिक रहेको, आर्थिक बिकास र मुलुकको समग्र बिकासको लागि उपयुक्त रहेको भन्दै संघले प्रेस बिज्ञपति मार्फत बिरगंजलाई प्रदेश नम्बर दुइको राजधानी बनाउन जोडदार माग गरेको छ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घको
प्रेस विज्ञप्ति यस्तो छ ।
नेपाललको प्रमुख प्रवेश द्वार, देशको सबै भन्दा ठूलो आर्थिक केन्द्र, राजधानीको लागि चाहिने सम्पूर्ण पूर्वाधार भएको, प्रस्तावित अन्तर्राष्ट्रिय एयर पोर्ट र फास्ट ट्र¥याको नजिक रहेको, आर्थिक विकाश र मुलुकको समग्र विकाशको लागि उपयुक्त भएकोले वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी बनाउन हामी जोडदार माग गर्दछौं ।
वीरगञ्जले बोकेको अपार संभावना र पर्याप्त भौतिक पूर्वाधार र आर्थिक गतिविधिको केन्द्र बिन्दुका साथै तात्कालिक मधेस आन्दोलनको आधारभूमिको पहिचान बनाएको यस वीरगञ्जले तात्कालिक समयमा निर्वाह गरेको अग्रगामी भूमीका लाई एक पटक फर्केर संस्मरण गर्न हामी सबै राजनीतिक दल र तिनका नेतृत्वलाई विन्रम आग्रह गर्न चाहन्छौं ।
विगतलाई फर्केर हेर्ने हो भने वीरगञ्जले संघर्ष, आन्दोलनका नेतृत्व गरेको श्रृखलाहरुले तात्कालीक समयमा मात्र नभई आज सम्म पनि त्यस आन्दोलन र संघर्षका बाछिट्टाहरु बाट कुनै न कुनै रुपमा वीरगञ्ज प्रताडित भई रहेको तथ्य हामी सबै माँझ स्पष्टनै छ ।
आज वीरगञ्ले चाहँदा न चाहँदै पनि सोध्न बाद्यय भएको छ, के त्यो मधेश आन्दोनका बखत नेतृत्वहरुबाट उदघोष भएको प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज नै हुन्छ भन्ने उद्घोष कहाँ हरायो रु के वीरगञ्जको भागमा आन्दोलन र संघर्ष मात्र रहेको छ रु के वीरगञ्ज अवसर प्राप्त गर्ने अधिकार राख्दैन र रु किन वीरगञ्ज केन्द्रबाट त टाढीयो, ढाटियो, आफ्नाहरुबाट पनि उपेक्षित भईरहेको छ । यो पीडा र आवेगको सम्बोधन भनेको वीरगञ्जलाई तात्कालीक मधेश आन्दोलनका बखत शिर्षस्थ नेतृत्वहरुबाट दिइएको मौखिक आश्वासन “वीरगञ्ज राजधानी” लाई आज लिखित र वैधानिक रुपमै मान्यता दिने समय आएको छ । तसर्थ हामी धेरै केहि भन्दैनौं, तपाईहरुबाट नै तात्कालिक समयमा व्यक्त भएको प्रति बद्धता लाई आज बैधानीकता प्रदान गरि वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी घोषणा गरियोस भनी यसै विज्ञप्ति मार्फत जोडदार माँग