• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही नहुने !

  • वीरगंज संजाल
  • ३० पुष २०७८, शुक्रबार १८:३४
  • ४२४९

    वीरगन्ज । बढी शुल्क लिने निजी मेडिकल कलेज र सरकारबीचको बैठकले पाँचवटा निर्णय भएको छ । तर, बैठकमा भएका निर्णयलाई निजी मेडिकल कलेजले कार्यान्वयन नगर्ने बताएका छन् ।

    सरकारको निर्णयलाई कलेजले नमान्ने भनेपछि समस्या नसुल्झिएको बुझिएको छ ।

    वार्ताबाट बाहिरिने क्रममा निजी मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले सरकारको उक्त निर्णयलाई नमान्ने र मन्त्रालयको माइन्युटमा सो कुरा उल्लेख भए नोट अफ डिसेन्ट लेख्ने बताए ।

    बैठकले चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा बढी शुल्क लिन नपाइने, छात्रावासको विषयमा आयोगको ऐनमा राम्रोसँग नखुलाइएको हुँदा अहिले लिन खोजेको शुल्क अव्यवहारिक भएकोले त्यसलाई कलेजले कम गरी अभिभावकसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।

    यस्तै, आयोगको बाझिएका ऐनबीच छलफल गर्ने र त्यसलाई समाधान गर्न मन्त्रालय लचक हुने र भोलिका दिनमा यस्ता समस्या नहुन दिन प्रक्रिया थालनी गर्ने निर्णय भएको छ ।

    यता मेडिकल सञ्चालक शर्माकाअनुसा विद्यार्थीले महंगो शुल्क लिएको नभनी छात्रावासको कुरामा मात्र भ्रम भएको सुनाउँछन् । “होस्टेल शुल्क महंगो भयो र अनिवार्य भयो भन्ने विद्यार्थीको गुनासो हो । अरू समस्या छैन,” उनले भने ।

    छात्रावासको बारेमा आयोगको ऐनमा उल्लेख नभएको उनको भनाइ छ । “आयोगको ऐनमा नभएर नियमावलीमा मात्र उल्लेख भएकाले त्यसलाई मान्यता दिन मिल्दैन भनेर आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले स्वीकार गर्नुभएको छ,” उनले भने ।

    उनकाअनुसार विद्यार्थीले विश्वविद्यालयले लिने गरेको परीक्षा, रजिस्ट्रेसन र प्रशासनिक शुल्कलाई चाहिँ महंगो भनेका हुन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको उक्त शुल्कबीच ठूलो अन्तर छ ।

    “त्यो शुल्क कम तिर्न त्रिवि र केयूबीच बराबर शुल्क हुनुपर्छ,” उनले थपे, “यो दुई विश्वविद्यालयबीच छलफल हुनुपर्छ । यसमा हामीले के गर्न सक्छौँ र ? विश्वविद्यालयले अभिभावक र विद्यार्थीसँग छलफल गरेर समन्वय गर्नुपर्छ ।”

    उनले मोरङको नोबेल मेडिकल कलेजमा एमबीबीएसमा ५६ जना पढिरहेको र काठमाडौं मेडिकल कलेज (केएमसी)मा २२ जना पढिरहेको जानकारी दिए । तर, नोबेल कलेज र दुवाकोटको केएमसीका विद्यार्थीहरू करिब एक महिनादेखि आन्दोलनमा छन् ।

    तोकिएको भन्दा अतिरिक्त बढी शुल्क लिएपछि विद्यार्थीहरूले पटकपटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएपनि समस्या समाधान भएको छैन ।

    आजको बैठक शिक्षा मन्त्री, मेडिकल शिक्षा व्यवसायी शर्मा, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौं विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी थिए । तर, समस्याको समाधान अझै निस्किएको छैन ।

    तोकेको भन्दा चर्को शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने अधिकार आयोगसँग छ । तर, आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन । यता शिक्षामन्त्री पौडेल पनि बढी शुल्क लिएमा कारबाही गर्ने चेतावनी दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑