काठमाडौं | नागरिकताबिहीन नागरिक सरकारसँग नागरिकताको माग गर्दै सडकमा उत्रिएका छन् । नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरेका छन् । नागरिकता पीडितहरुले कति आमाको आफ्नो नागरिकता नभएका कारण छोराछोरीले जन्मदर्ता गर्न नपाएर शिक्षाबाट बञ्चित भएको दुखेसो पोखेका छन्।
सरकारले सुनेर पनि नसुनेको जस्तो र बुझेपनि नबुझेको जस्तो गरेर झन् आफूहरु थप पीडित भएको उनीहरुको गुनासो छ। उनीहरु माइतीघरहुँदै बानेश्वरमा पुगेर सभा गरेका थिए।