वीरगंज । वीरगंज महानगरको बासिन्दाको लागि तरकारी, फलफूल तथा माछामासु आपूर्ति गर्दै आएको र मध्य तराईका साथै भारतीय किसानहरुले समेत आफनो उत्पादन बिक्री गर्ने प्रमुख स्थल विपी उद्यानको तरकारी बजारमा महानगरपालिकाले डोजर चलाएर विस्थापित गरेको छ।
वीरगंज महानगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने घण्टाघरदेखि उत्तरतर्फ रहेको १० बिघा जमीनको केही भागमा तरकारी, फलफूल तथा माछामासुका साथै रेडिमेड कपडाको विगत १० वर्षदेखि बिक्री हुंदै आएको थियो । स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा सो स्थानमा बजार लगाउन अनुमति महानगरले दिएको थियो भने स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि निर्वाचित भएका वीरगंज महानगर प्रमुख विजयकुमार सरावगीले समेत अर्को व्यवस्था नभएसम्मको लागि सोही स्थानमा व्यापार गर्न अनुमति दिएका थिए । महानगरले कृषि उत्पादनको बिक्री वितरणको लागि अर्को व्यवस्था नगरी कृषि बजारमा सोमवार डोजर चलाएर हजारौं थोक तथा खुद्रा व्यापारीहरुलाई विस्थापित गरेको छ । विपी उद्यान तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष जग्गु साहले मेयर सरले आफनो प्रतिबद्धता अनुसार काम नै नगरी हजारौं कृषि उपज बिक्री वितरण गरेर जीविकोपार्जन गर्ने निमुखा गरीब परिवारको पेटमा लात मार्ने काम गर्नुभएको आरोप लगाउंदै महानगरले विकल्प दिए आफूहरु सोही स्थानमा सर्ने बताएका छन् । मेयर सरावगीले जबरजस्ती अन्यत्र भाडामा जग्गा लिएर कारोबार गर भन्दै तिमीहरुको भोट पनि मलाई चाहिंदैन भन्दै धम्कीपूर्ण भाषा बोलेको पनि अध्यक्ष साहले बताएका छन् ।
विपी उद्यानको खाली जमीनमा संचालित तरकारी तथा फलफूल बजारमा पर्सा, बारा, रौतहट, सिराहा, सप्तरी, मकवानपुर, चितवनका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत कृषकहरु आएर आफनो उत्पादन बिक्री वितरण गर्ने गरेका छन् । सो स्थानमा थोक र खुद्रा गरी एक हजारको संख्यामा व्यापारीहरुले कारोबार गर्दै आएका छन् । महानगरका मेयर सरावगीको ठाडो आदेशमा कृषि उत्पादन बिक्री गर्ने स्थलमा एक्कासि डोजर चलेको छ । विपी उद्यानको तरकारी तथा फलफूल बजारमा ताजा र अन्यभन्दा सस्तो पाउने र महानगरको मध्यभागमा रहेको कारण जोकोही सोही बजारबाट तरकारी तथा फलफूल खरीद गरी आप्नो निवासतर्फ जाने गरेका छन् । मेयर सरावगीको कार्यले कृषक, कृषि उत्पादन गर्ने बिक्रेता र आम वीरगंजवासी उपभोक्तामाथि ठूलो अन्याय भएको छ । विपी उद्यानमा महानगरको राष्ट्रिय सम्पत्ति को मेयरलाई त्यसमा चलखेल गर्ने र अधिकार देखाउने अधिकार पनि छैन । विपी उद्यान कस्को बताउने हो र त्यसमा भौतिक संरचना कस्तो हुनेछ भनी संघीय सरकारले निर्णय गर्नेछ । जुन विषयमा प्रदेश सरकारलाई अधिकार नभएको कारण छोएको समेत छैन भने मेयर सरावगीले मनपरी गर्ने अधिकार कहांबाट पाए ।
विपी उद्यानको जमीनको वास्तविकता
वीरगंजको मध्यभागमा रहेको तत्कालीन नेपाल यातायात संस्थानको नाममा रहेको जमीन वीरगंज नगरपालिकाले विपी उद्यान निर्माणको लागि खरीद गरेको थियो ।
देशमा बहुदलीय व्यवस्था पुनस्थापना भएपछि भएका निर्वाचनबाट भएको निर्वाचनमा माधवलाल श्रेष्ठ मेयर पदमा निर्वाचित भएका थिए र घाटामा गएर बन्द भएको नेपाल यातायात संस्थान ्जग्गा खरीद गरी विी उद्यान निर्माण गरी वीरगंजका बासिन्दालार्य पार्किङ सुविधा दिने लक्ष्य राखी रीद गरेका थिए तर सरकार परिवर्तन भएसंगै सो जमीन विी उद्यानको नाममा रजिष्टेशन पास भएन । त्यसपछि राजा ज्ञानेन्द्रले सत्ता आफनो हातमा लिएर नगरप्रमुख हरु मनोनीत गर्दा स्व गोपाल गिरी वीरगंजका मेयर भए उनको प्रयासबाट सो जग्गा उद्यानको नाममा आयो तर राजनैतिक उठापटक संगै जमीनमाथि ठूलै खेल भयो । कोही कसैले मधेसी पार्क भनी बादे राख्ने काम पनि गरे भने सोही जग्गाको एक भागमा मधेसी शहीदको स्मारक निर्माण गरीसालिक समेत राखिएको छ । समय अभावको कारण ती सबै घटनाको मिति उल्लेख गर्न सकिएन तर यस पंक्तिकारसंग सम्पूर्ण प्रमाण छ । स्मरण रहोस भारत सरकारको सहयोगमा जसलाई रातो बंगला भनिन्छ सो स्थानमा एक हजार मानिस बस्ने सक्ने सम्मेलन केन्द्र बन्दै थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवको भारतको औचापकि भ्रमण हुंदा सो सम्झौता भएको थियो तर सम्मेलन केन्द्रको नामाकरणको सवालमा पछिल्लो सरकारले विवाद गरेपछि सो ससाहयोग फिर्ता भयो । त्यसपछि सो जग्गा अलपत्र अवस्थामा रहेपछि तरकारी तथा फलफूल व्यापारीका साथै कृषकहरुले आफ्नो उत्पादन बिक्री गर्ने थलो बनाए । वीरगंज वासीको लागि पनि सस्तो र ताजा तरकारी, फलफूल तथा माछामासु मध्य बजारबाट प्राप्त हुन थालेपछि नगरवासीले समेत विगत १० वर्षदेखि महसूस गर्दै आएका छन् ।
खासगरी भन्नुपर्दा विपी उद्यानको जमीन वीरगंज महानगरपालिकाको हुंदै हौयन । लालपूर्जासमेत उसको नाममा छन । स्थानीय सरकार भएको कारणले गर्दा रेखदेखको जिम्मेवारी दिइउको छ र तर उसलाई सोस्थानमा कुनै किसिमको भौतिक संरचना निमाृण गर्ने अधिकार छैन । संघीय सरकारकोसहमतिविना महानगरले एउटा इटा थप्ने र भत्काउने सक्ने अधिकार छैन । फेर पनि मेयर सरावगी किन जिम्मेवार बन्दै छन् ।