वीरगन्ज | समयमा कर्मचारी आउन छाडेपछि वीरगन्ज महानगरपालिका वडा नं १ का कार्यालयमा स्थानीय यूवाहरूले प्रदशन गरेको छ । कार्यालय मा कर्मचारीहरू मन परि ढंगले काम गर्ने गरेको र एउटा सिफारिस गराउन आएका व्यक्ति लाई दुई देखि तिन दिन सम्म झुलाउने गरेको स्थानीय सेवाग्राही को आरोप रहेको छन् । एउटा सामान्य सिफारिस गराउन नि कर्मचारी समयमा आउदा दिनै लगने गरेको स्थानीय बासिले आरोप लगाएका छन् ।
महानगरपालिका ले वाड नं १ मा ७० वर्ष भन्दा माथि २०० जना का लागि कम्वल ,सल , टर्च बितरण का लागि पठाए पनि वाडा अध्यक्ष तथा सचिव को गेर जिम्मेवारी का कारण बितरण हुन न सकेको बृद्ध वृद्धा हरूले बताएका छन् ।
वाडा अध्यक्ष को गेर जिम्मेवारी को बिरोध गर्दै नेकपा एमाले का नेता तथा कार्यकर्ता हरु आज प्रदशन समेत गरेका छन् । कठारिदो चिसो मा पनि महानगरपालिका ले पठाएको समान बितरण नगरिने तथा समय मा कर्मचारी कार्यालय समस्या समाधान न भए वाडा कार्यालय तालाबन्दी गर्ने नेकपा एमाले महानगरपालिका सदस्य बिरेन्द्र कन्ठ ले बताउनुभयो । सचिव बिदामा भएको र आफु बिहान देखि नै जन्ता कै सेवामा झैझगडा, पन्चाईती लगाएतका काम मा बिजि हुने भएकाले अलि समस्या भएको र वाडा सचिव आए लगतै महानगरपालिका ले पठाएको समान बितरण गरिने वाडा अध्यक्ष मनोज गुप्ता ले बताएका छन् ।