वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा लोकतान्त्रिक समाजवादी पार्टी निकटको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले एकाई कमिटि गठन गरेको छ। क्याम्पसको सभाहलमा अमित यादवको अध्यक्षतामा बसेको बैठकले ५१ सदस्यीय कमिटि गठन गरेको नव नियुक्त अध्यक्ष मो.सागिर अलीले जानकारी दिनु भएको छ।
मो.सागिर अलीको अध्यक्षतामा कमिटि गठन भएको उहाँले बताउनु भयो। उहाँका अनुसार,कमिटिका सचिवमा विवेक कुमार झा, उपाध्यक्षमा सागर साह, सविर हुसैन, गिरधारी झा तथा रवि शंकर यादव तथा सह- सचिवमा अंकित मिश्र, उज्वल यादव, माजिद हुसैन र कोषाधयक्षमा अन्जली जयसवाललाई नियुक्त गरिएको छ। भेलालाई सम्बोधन गर्दै अध्यक्ष अलीले दश वर्षे परिपाटीको अन्त्य भएको उल्लेख गर्नु भयो।
उहाँले भन्नु भयो,” दश वर्षदेखि एउटै व्यक्तिले अध्यक्ष पद कब्जा गरि बसिराखेकोले अरु कार्यकर्ताले मौका पाउन सकेका थिएनन् र संगठन फ़ित्तलो बन्दै गएको थियो,यस क्याम्पस कै इतिहासमा पहिलो पल्ट विद्यार्थी संगठनले नयाँ कार्यभार सहित नयाँ कमिटि गठन भएको छ।”सम्बोधन कै क्रमलाई निरन्तरता दिदै उहाँले , अब राजनीतिमा विद्यार्थीहरु आन्दोलनको लागि मात्रै नभए नीति निर्माणमा समेत चाँसो र हिस्सेदारी लिनु पर्छ” भन्नु भयो।