• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अब हरेक टोल फ्रीमा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने

  • वीरगंज संजाल
  • १४ पुष २०७८, बुधबार २१:३१
  • २८५७

    वीरगन्ज । अब हरेक ‘टोल फ्री’ मा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टोल फ्री नम्बरलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शर्टकोड कार्यविधिमा परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
    नयाँ कार्यविधिमा सबै सेवाप्रदायकको नेटवर्कबाट टोल फ्री नम्बरमा निःशुल्क फोन लाग्नुपर्ने व्यवस्था समेटिने छ । हालसम्म नेपालमा टोल फ्री नम्बर कुन कम्पनीले उपलब्ध गराएको छ भन्दा पनि कुन टेलिकम सेवाप्रदायकको नेटवर्कबाट लिइएको हो भन्ने विषयले महत्व राख्दै आएको छ ।
    किनभने यदि कुनै कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि नेपाल टेलिकमबाट टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उसका एनसेल तथा स्मार्टसेल प्रयोग गर्ने ग्राहकले उक्त टोल फ्री नम्बरमा कल गर्न पाउँदैनन् ।
    एनसेलले ९८ बाट सुरु भएको १० नम्बर रेञ्जमै टोल फ्री नम्बर उपलब्ध गराएकाले टेलिकमबाट फोन त लाग्न सक्छ । तर, त्यसका लागि ग्राहकको सिमबाटै पैसा काटिन्छ ।
    कसैकोमा कल नलाग्ने, अनि कसैकोमा कल लागिहाले पनि पैसा लाग्ने भएपछि यस्तो सिस्टम वास्तवमा टोल फ्री नै नभएको तर्क दिँदै आएको प्राधिकरणले अब भने यसलाई व्यवस्थित गर्ने भएको हो ।
    ‘अहिले हाम्रोमा जुन किसिमको टोल फ्रीको प्रचलन छ, त्यो वास्तवमा टोल फ्री नै थिएन,’ प्राधिकरणका निर्देशक अम्बर स्थापित भन्छन्, ‘त्यसैले पनि हामीले शर्ट कोडको कार्यविधिलाई परिमार्जन गरेर टोल फ्री नम्बरमा एकअर्को नेटवर्कबाट कल लाग्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।’
    कार्यविधि परिमार्जनको काम यही हप्ताभित्र सम्पन्न गरी प्राधिकरण बोर्ड पठाउने योजना रहेको समेत उनले बताए । प्राधिकरण बोर्डबाट पास भएर आएसँगै सेवाप्रदायकलाई निर्देशन दिएर यसलाई अनिवार्य गरिने जनाइएको छ ।
    स्थापितका अनुसार हालसम्म शर्टकोडमा देखिएका केही प्राविधिक चुनौतीका कारण यो व्यवस्था लागू गर्न सकिएको थिएन ।
    ‘हाल टोल फ्रीका लागि टेलिकमले १६६० बाट सुरु भएको ११ अङ्कमा आधारित नम्बर उपलब्ध गराउँदै आएको छ । भने एनसेलले १० अंककै आफ्नै नम्बरमार्फत यो सेवा दिइरहेको छ,’ उनले भने, ‘यसरी सेवाप्रदायक अनुसार टोल फ्री नम्बर फरक नहुनुपर्ने हो ।’
    त्यसैले टोल फ्रीलाई व्यवस्थित गर्न यसअघि प्राधिकरणले शर्ट कोड कार्यविधिबाट टोल फ्री नम्बर १० अंककै हुनुपर्ने र त्यसको सुरुवाती अंक १८०० हुनुपर्ने व्यवस्था गरेको थियो ।
    तर, १८०० मा नेपाल टेलिकमले केही प्रश्न उठाएको थियो । टेलिकमले हाल ११ अंकको टोल फ्री नम्बर प्रयोग गर्दै आएकाले नयाँ नम्बरमा जाँदा समस्या हुने भन्दै प्रश्न उठायो ।
    त्योसँगै प्राधिकरणले टोल फ्रीको विषयमा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत अध्ययन गर्‍यो र अब ११ अंककै टोल फ्री नम्बर प्रयोगमा ल्याउने गरी तयारी गरिरहेको छ ।
    यो हुँदा सबै नेटवर्कबाट कल लाग्नेछ । साथै ग्राहकले कुनै पनि टोल फ्री नम्बरमा कल गर्दा कुनै शुल्क नलागोस् भनेर ‘रिभर्स इन्टरकनेक्सन’ को व्यवस्था गरिएकाे छ ।
    ‘रिभर्स इन्टरकनेक्सन’ अर्थात् यदि नेपाल टेलिकमबाट कुनै कम्पनीले आफ्ना ग्राहकलाई टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उक्त टोल फ्रीमा एनसेलका प्रयोगकर्ताको कल आउँदा हुने आम्दानीको केही हिस्सा टेलिकमले एनसेललाई उपलब्ध गराउनुपर्छ भन्ने हो । यसो हुँदा जुनसुकै टोल फ्री नम्बरमा कल गर्दा प्रयोगकर्ताको सिमबाट कुनै पैसा लाग्नेछैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑