• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन अनिवार्य गरिँदै छ मोटरसाइकलको पछाडि बस्नेलाई हेल्मेट ?

  • वीरगंज संजाल
  • १३ पुष २०७८, मंगलवार १३:३७
  • ४८२९

    काठमाडौं । यातायात व्यवस्था विभागले मोटरसाइकलको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने भएको छ । यसअघि नियम अनिवार्य गरिँदा चौतर्फी विरोध भएको थियो । अहिले पुनः अनिवार्य गर्न लागिएको हो ।

    थप कानुनी प्रावधानसहित पछाडि बस्ने यात्रुको सुरक्षाका लागि हेल्मेट अनिवार्य गर्न लागिएको विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरे सरोकारवाला निकायसँगको छलफलपछि प्रारम्भिक खाका तयार पारिएको बताउँछन् ।

    दुईपांग्रे सवारीसाधनमा अत्यधिक दुर्घटना बढेकाले पुनः नियम अनिवार्य गर्न लागिएको उनको भनाइ छ । ‘‘सडक दुर्घटनामा दुईपांग्रे सवारीसाधनको दुर्घटना बढेको रिपोर्ट आएको छ । मृत्यु हुने अधिकांश दुईपांग्रे सवारी पछाडि बस्ने यात्रुहरू छन् । ७० प्रतिशत मोटरसाइकल पछाडि बस्ने यात्रुको मृत्यु हुने गरेको छ,” महानिर्देशक घिमिरेले भने ।

    मुख्यगरी मोटरसाइकलको पछाडि बस्ने यात्रुको सुरक्षा कवजका रूपमा नियम अनिवार्य गर्न लागिएको उनले बताए । उनी भन्छन्, ‘‘विगतमा पनि यो नियम लागु भएकै हो । बीचको द्वन्द्वकालमा सुरक्षाको कारणले हटाइयो । मानिसको सुरक्षित जीवनलाई हेर्ने हो भने मोटरसाइकल पछाडि बस्ने यात्रुले अनिवार्य हेल्मेट लगाउन आवश्यक देखियो । यो नीतिलाई तत्कालै कडाइका साथ लागु गराउँदा बजारमा चाँडै नकारात्मक माहोल बन्छ । बजारमा नकारात्मक असर नपरोस् भनेर कानुनी प्रक्रिया अघि बढाइएको हो ।”

    अनिवार्य रूपमा यो नियम लागु गर्दा करिब ३० लाख बढी हेल्मेटको आयात बढ्ने विभागको अनुमान छ ।

    २०७७/७८ को सर्वेक्षणानुसार नेपालमा दर्ता भएका ३९ लाख ८७ हजार २६७ सवारीसाधन छन् । जसमध्ये दुईपांग्रे सवारीको संख्या ३० लाख बढी छ ।

    विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०७७ को खाका तयार पारी राय–सुझावका लागि कानुन मन्त्रालयमा पठाएको छ । उक्त ऐनमा मोटरसाइकल पछाडि बस्ने यात्रुको सुरक्षा कवज (हेल्मेट) अनिवार्य गरिने उल्लेख छ ।

    ऐनानुसार मोटरसाइकल (दुईपांग्रे) सवारी चलाउँदा चालक र पछाडि बस्ने यात्रुले सुरक्षा कवजका रूपमा हेल्मेट लगाउनुपर्छ ।

    मन्त्रालयबाट ऐनको राय–सुझाव आएपछि कार्यान्वयन गरिने विभागले जनाएको छ । कार्यान्वयनपछि हेल्मेट नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने पनि जनाइएको छ ।

    विभागका प्रवक्ता लोकनाथ भुसालले अहिले पनि नियम लागु भइरहेको र कडाइका साथ पालना गर्ने प्रक्रिया अघि सारिएको बताए । ‘‘यात्रुको सुरक्षाका लागि हो । अन्यथा लिनु भएन । हेल्मेटको आयात बढ्छ भन्दैमा व्यापारीसँग मिलेको हुँदैन ।”

    यसअघि के भएको थियो ?
    २०६५ सालमा मोटरसाइकलको पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनुपर्ने नियम लागु गरिएको थियो । तर, चौतर्फी विरोध भयो । नियम व्यावहारिक नभएको भन्दै निरन्तर विरोध गरिएपछि अनिवार्य गरिएन ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने, ‘‘सरकारले नियम बनाए हामीले कार्यान्वयन गर्ने हो । अन्य केही जानकारी आएको छैन ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑