• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान

  • वीरगंज संजाल
  • ११ पुष २०७८, आईतवार ०८:५३
  • ३७३७

    चितवन | यो वर्ष गणनामा चितवन राष्ट्रिय निकुञ्जसँगै देशभर बाघको संख्या बढ्ने अनुमान गरिएको छ।निकुञ्जका तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा मात्रै सन् २००० गरिएको बाघ गणनामा ६० वटा, २००९ मा ९१ वटा, २०१३ मा १२० वटा, २०१८ मा ९३ वटा बाघ रहेका थिए।

    तथ्यांकअनुसार २०१० सम्म विश्वमा ३ हजार बाघ रहेका थिए भने सन् २०२२ सम्म यसको संख्या दोब्बर बनाउने लक्ष्य राखिएको छ। सोहीअनुसार नेपालमा २३५ बाघ रहेका छन् र सन् २०२२ सम्म २५० बाघ पुर्‍याउने लक्ष्य नेपालको छ।नेपालमा २००९ मा १२१ वटा, २०१३ मा १९८, २०१८ को बाघगणनामा २३५ वटा रहेका थिए।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विगतमा गरिएको गणनामा बाघको संख्या बढ्दै गएको र यो वर्ष गरिएको गणनामा पनि बाघको संख्या बढ्ने अनुमान गरिएको हो।चोरीशिकारी कम हुनु, बाघको आहारा सहज उपलब्धता हुनु र प्राकृतिक तथा अन्य कारणले बाघको कम मृत्यु भएकोले यो वर्ष बाघको संख्या बढ्ने अनुमान गरिएको हो।

    ‘अहिले बाघको आहारा पनि प्रशस्त भएको पाएका छौं’, उनले भने, ‘मृग प्रजातिका वन्य जन्तुको घनत्व र प्रशस्त पानी र घाँसका स्रोतले पनि योपटक बाघको संख्या अनुमान गर्न सकिन्छ।’चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जसहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ।अहिलेको बाघ गणनामा चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिएको छ। देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा भएको थियो।

    तीनवटा ब्लकमध्ये एउटा ब्लकको काम सकियो

    मंसिर १९ बाट शुरु गरिएको बाघ गणनामा निकुञ्जको कार्यालयबाट पश्चिमी क्षेत्र त्रिवेणीसम्मको निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको क्यामरा ट्रयापिङ‚ क्याप्चरिङको काम सकिएको कार्यालयले जानकारी दिएको छ।आजदेखि (शनिबार) यो क्षेत्रभित्र रहेका क्याम्पका टोली निकुञ्जको कार्यालयदेखि पूर्वी क्षेत्रमा क्यामरा जडानका लागि जाने निकुञ्जका प्रमुख आचार्यले जानकारी दिए।‘एउटा ब्लकमा क्याम्प खडा गर्न, क्यामरा जडान गर्न र यसको अनुगमन तथा फोटो संकलन गर्न झण्डै २० दिन लाग्छ’, आचार्यले भने, ‘त्यसपछि अर्को ब्लकमा पनि सोहीअनुसारको समय लाग्छ।’

    अबको २० दिनमा निकुञ्जको कार्यालयबाट पूर्वको मकवानपुर, दक्षिण ठोरीसम्म र पर्साको सीमासम्मको क्षेत्रमा बाघको गणना गर्ने गरिन्छ।त्यसपछि सोही टोली पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र र रौतहटको जंगल क्षेत्रमा गणना गर्नेछन्। यसका निकुञ्जका प्राविधिक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, फरेष्ट्री संकायका प्रशिक्षार्थी, नेपाली सेना तथा हात्ती सहितको टोलीले गणना कार्य गरिरहेको छ।

    क्यामरा, जनशक्ति लगायत अन्य स्रोत पर्याप्त नभएकाले सबै ब्लकमा एकैपटक काम गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ।‘हामीसँग प्रशस्त क्यामरा जनशक्ति तथा अन्य सीमित स्रोत साधन छन्’, उनले भने, ‘त्यसैले पालैपालो एकपछि अर्को ब्लकको काम गर्नुपर्ने हुन्छ।’यो प्रक्रियाका लागि झण्डै ६० दिनको समय लाग्ने गर्दछ। यसपछि सबै क्यामराबाट खिचिएको फोटा एकै ठाउँमा जम्मा गरी विज्ञसहितको टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम गणना सार्वजनिक गर्नेछ।

    बाघ गणना सम्पन्न गर्न करिब चार करोड खर्च हुने अनुमान गरिएको छ। गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए।उनीहरूको प्रतिव्यक्ति १० लाखको बिमा गरिएको छ भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए।तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत प्रशिक्षण दिइएको आचार्यले जानकारी दिए।

    बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेलाई तालिम दिइएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीसँगै केही हात्ती गणनामा परिचालन हुनेछन्।गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेर काम गरिरहेका छन्। १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले गणना प्रक्रिया शुरु भइरहेको जानकारी दिए।

    क्यामरा ट्रयापिङ विधिबाट गरिने बाघ सर्वेक्षण गरिनेछ। चितवनमा ३६० जोडी क्यामरा जडान गरिनेछ। दुई निकुञ्जको एउटा ब्लकमा १६ वटा क्याम्प बनाइएको छ।क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ। चार वर्ग किलोमिटरमा एक जोडा क्यामेरा राखेर गणना गरिन्छ।बाघ वरिपरि आएमा क्यामराले तस्वीर लिनेछ। झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान निकुञ्जको छ।

    तस्वीर अध्ययनपछि थप चार महिनाभित्र नतिजा आउने उनले बताए। सन् २००८ देखि यहाँ राष्ट्रियस्तरको बाघ गणना सुरु गरिएको हो। दोस्रोपटक सन् २०१३, तेस्रोपटक सन् २०१८ र अहिले चौथोपटक बाघ गणना गर्न लागिएको हो।चितवन र पर्सालाई एउटा ब्लक, बाँके र बर्दियालाई दोस्रो ब्लक र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो ब्लक बनाएर बाघको गणना गरिँदै छ।सन् २०१० मा रूसमा भएको बाघ पाइने १३ मुलुकका राष्ट्रप्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या २५० पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑