वीरगंज | नेपालमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ४२८३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै, २१६४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।यो अवधिमा एक जना संक्रमितको निधन भएको छ ।योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ ।
अहिले देशभर चार हजार ९७८ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार २४ घण्टामा २२६ जना डिस्चार्ज भएका छन् भने दुई लाख ५५ हजार ४५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।