वीरगंज | चीनमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा संक्रमितको संख्या घट्दै गए पनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।कोरोना भाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्यूनीकरण भने अरु देशभन्दामा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरसको पुष्टि चीनमा भएको थियो ।
सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्यूनीकरण गर्न सफल भएको थियो भने चीनले कोरोना भाइरसविरुद्धको खोप पनि उत्पादन गरेको छ । चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् । अहिले फेरि संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ संक्रमित भेटिएको पुष्टि गरिएको हो । तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरु बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।