• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेडियो वीरगंजको १९ औं वार्षिकउत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा भव्यरुपमा सम्पन्न

  • वीरगंज संजाल
  • १९ मंसिर २०७८, आईतवार १०:५९
  • २६४९

    वीरगन्ज । मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १९ औं बर्ष पारगरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा २५ महिला, ३ सय १६ जना पुरुष सहित ३ सय ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा ग्रमिण क्षेत्रका रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा विशिष्ट अतिथि पर्सा क्षेत्र नम्बर १ का संसाद प्रदिप यादवले रेडियो वीरगंजको टिमले सञ्चार क्षेत्रमा छुटै पहिचान बनाएको हुँदा रेडियो वीरगंजको इतिहास कसैले मेटेर मेट्न नसक्ने बताउनु भयो ।

    यसअघि रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रेडियो वीरगंज मध्यतराईका जनताको ढुकढुकी भएको कुरा रक्तदान कार्यक्रममा देखिएको उल्लेख्य सहभागिताले प्रमाणित गरेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले मध्यतराईमा रेडियो वीरगंजको छुटै पहिचान रहेको हुँदा रेडियो वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रम एतिहासिक भएको दावी गर्नुभयो ।

    कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले रेडियो वीरगंज परिसरमा विहानै देखिएको सहभागीताले रेडियोको भुमिका र सामाजिक उत्तरदायीत्वलाई देखाएको भन्नुहुँदै आगामी दिनमा रेडियोको अझै उन्नती र प्रगतीको कामना गर्दछु भन्नुभयो । रक्तदान गर्न बाराबाट आउनुभएका नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ख का प्रदेश सभापति लोकेश सिंहले युवाहरु कुलतमा लागेर विग्रि रहेको अवस्थामा चेतनामुलक कार्यक्रममा सहभागि भई रक्तदान गर्नु महादान भएको बताउदै युवाहरुलाई समाजसेवामा जुटन आग्रह गर्नु भयो । कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले रेडियो वीरगंजकै कारण ग्रामिण क्षेत्रमा रक्तदान गर्ने व्यक्तिहरुमा जागृती आएको बताउनुभयो ।

    जयसवालको नेतृत्वमा गाउँबाट ठुलो संख्यामा रक्तदाताहरु आईपुगेका थिए । त्यसैगरी रक्तदान कार्यक्रममा पकामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनाल, प्रहलाद कार्की, सशस्त्र प्रहरीका डिएसपी सुमन थापा, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपा एमालेका अध्यक्ष प्रभु हजरा, लोसपाका अध्यक्ष पुरुषोत्तम झा, नेजामुदिन सम्मानी, एमाले नेता शम्भु गुप्ता, सुन्दर कुर्मी, नेपाली कांग्रेसका क्षेत्रिय सभापति महमद सहाबुद्धीन, जसपाका प्रदेश सदस्य सलाउदिन अहमद, दिपक यादव, जनता समाजवादी पार्टीका नगर अध्यक्ष इश्वर यादव, महिला नेतृ रेखा साह, नेपाल रेडक्रस सोसाईटी, प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मिया, रेडक्रसका अधिकृत उदयराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, रितेश त्रिपाठी, महासंघका जिल्ला सदस्य नरेश सरार्फ, अमित अग्रवाल, अजय चौरसिया फोटो पत्रकार संघका केन्द्रिय उपाध्यक्ष राम सरार्फ लगायतका संचारकर्मीहरु सहित वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान,  दिलिप राज कार्की, राजन श्रीवास्तव लगायतको सहभागीता रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको टोली सहित वीरगंज नर्सिंग क्याम्पसका नर्सहरुले प्राविधिक सहयोग पुर्याएका थिए । रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना समेत गरेको थियो ।

    रक्तदान कार्यक्रममा नेपाल हिन्द रेडियो श्रोता संघका अध्यक्ष पन्नालाल पटेल लगायतको टिम तथा नेपाल विहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादव सहितको टोलीले रक्तदान गरी कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको थियो ।  यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले  आगामी दिनमा पनि रेडियो वीरगंजले सबैबाट माया पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो । साहले रेडियो वीरगंजको १९ औ बार्षिक उत्सवको अवसर पारेर टिभी विरगंजले नियमित प्रशारण शुरु गर्ने घोषणा गर्नुभयो ।

    बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ । यसैगरी रेडियो वीरगंजको वार्षिक उत्सवको अवसरमा आगामी मंसिर २५ गते आदर्शनगरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा देशका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने साहले बताउनुभयो ।

    रेडियो वीरगन्जको बार्षिक उत्सवको अवसरमा आज रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा रेडियो वीरगंजका रंजित यादव, प्रकृति अधिकारी, लालझरी देवी, प्रेम पटेल, रेडियो पोखरियाका सैलेश गुप्ता शिव शंकर मिश्रा, शिव कुमार दास, संजय कुमार चौहान, रन्जित साह तेली, रामजी प्रसाद कुशवाहा, भुषण कुमार यादव, पे्रम राउत कुर्मी, करणकुमार मण्डल, युगेन्द्र कुमार कर्मी, प्रमोद चौधरी, किशमान तामाङ्ग, रुपेश प्रसादसाह, राम बहादुर मगर, लहवर राउत अहिर, इन्दुमणि अधिकारी, भोला ठाकुर हजाम, सुमन थापा, ओम प्रकाश कुर्मी, लक्ष्मीना पटेल, सुशिल कुमार हजरा, वृजलाल पासवान, कृष्णा यादव, निर्मराज बल, वृतनारायण यादव, भोला नाथ चौलागाई, इन्जिनियर मनोज कुमार दास, इन्जियनियर उमेश कुमार रौनियार, दिपक कुमार श्रेष्ठ, पुनम बहादुर श्रेष्ठ, सुशिल कुमार डंगाल, प्रमिला चौधरी, रामईश्वर यादव, अरविन्द पटेल, चन्दन जयसवाल, गणेश बहादुर ठकुरी, शम्भु प्रसाद साह, हरिशंकर यादव, अरविन्द ठाकुर, अरविन्द कुमार पटेल, कौशल्या देवी राय, गम्भिरा साह, सन्जय पटेल, संजय कापर, मुकेश गिरी, विरेन्द कुशवाहा, सुरेन्द्र यादव, धर्मेन्द्र प्रसाद तेली, एकरामुद्दिन अन्सारी,

    जलालुद्दिन अन्सारी, ईश्वर चन्द्र यादव, जय प्रकाश महतो, राजेश सर्राफ, मुन्ना पटेल, सुनिल कुमार साह, लालबाबु यादव, बासुदेव राय यादव, सागर कुमार कलवार, मोहमद काजी, नवकिशोर पटेल, महेश साह, सुवोध कुमार जयसवाल, शिव कुमार साह, परमानन्द यादव, बलिराम प्रसाद यावद, दिपक यादव, राजाबाबु ठाकुर, अलि असगर अन्सारी, राजकुमार वर्मा, विरेन्द्र कापरी, सलामुद्दिन मन्सुरी, हरिशंकर साह, विशाल साह, चन्द्र मोहन प्रसाद यादव, सुरज चौधरी, रामाधार पटेल, शुभनारायण गुप्ता, अबदुल हक अन्सारी, नविन पटेल, किशोरी यादव, सुनिल यादव, लक्ष्मी यादव, संजय साह, राधाकृष्ण ठाकुर, विकास कुमार, कमलेश कुमार कुशवाहा, दिनेश मण्डल, दिनेश प्रसाद साह, सबजाद अन्सारी, सुदिशमान अमात्य, शेख अबदुल मोतलिम, राजकुमार गुप्ता, अबधेश शर्मा, राजु शर्मा, सन्देश प्रसाद यादव, भोला पटेल, गगन देव राउत कुर्मी, विनोद प्रसाद कुशवाहा, भरत प्रसाद चौहान,

    संजय कुमार, नन्देश सिंह, दिपक कुमार साह, उमेश प्रसाद साह, नवल किशोर सहनी, राजन गिरी, प्रमोद पटेल, सुशिल पटेल, निरन्जन गुप्ता, अभय कुमार मिश्रा, शिव राम, समिप उपाध्याय, कुनाल पटेल, भोला राम, संजिव मानन्धर, रामाशिष अहिर, संदिप यादव, धिरज कुमार झा, राज कुमार सर्राफ, लौकेश पटेल, अवधेश कुमार साह, रामबाबु ठाकुर, संगम प्रसाद यादव, रिधिराय गोरहिया, कृष्णा कुमार साह, जितेन्द कुमार गुप्ता, शम्भु पटेल, आकाश कुमार दास, जयनाथ यादव, नविनकुमार सिंह, संदिप कुमार सर्राफ, ओम कुमार झा, रिजवान अन्सारी, शंकर महरा, सुरेन्द्र रेग्मी, मुकेश साह, हरेन्द्र साह, प्रेम पटेल, भोला पटेल, दिवश नेपाल दास, प्रमोद पटेल, सुरेन्द्र कुमार पटेल, संतोष मानन्धर, रोहित शर्मा, विकास कुमार वर्णवाल, जय कुमार मण्डल, विजय कुमार सहनी, पप्पु सर्राफ, विनोद पटेल, पप्पु साह सोनार, बन्दना सिवाकोटी, रामायण प्रसाद सिंह,

    रुपेश कुमार सहनी, सुनिल अधिकारी, प्रमोद गिरी, पोषा थापा, शशिलाल, अविशेष लाल जोसी, राजु प्रसाद साह, अभिषेक पाण्डे, गणेश बहादुर श्रेष्ठ, अंमत ठाकुर, प्रविण महतो, सत्यनारायण प्रसाद साह, संजिव कुमार साह, रुपेश कुमार श्रीवास्तव, सुमन कुमार उदास, रोशन अधिकारी, संजु कोइराला, अभिनाष झा, रुप नारायण सिंह, महमद कलाम हवारी, रेखा तिवारी, संदिप कुमार संगम, राजदेवी श्रेष्ठी, दिनेश कुमार यादव, ज्ञान कुमार सिंह, चन्दन महतो, कमलेश पटेल, मन्तोष पटेल, नारायण क्षेत्री, शंकर साह, प्रदिप पडित, जितेन्द्र चौधरी, राम मण्डल, द्रविण दास, मेवालाल कुमार चौरसिया, गेनालाल प्रसाद चौरसिया, कृष्ण प्रसाद चौरसिया, विनोद कुमार गुप्ता, अमन पटेल, संजिव पटेल, साहेव पटेल, मंदिप पटेल, राजेश पटेल, सुनिल राउत कुर्मी, अरुण तिवारी, अरविन्द कुमार पटेल, मनोज पटेल, सुनिल प्रसाद कुर्मी, संजय राउत कुर्मी, मनोज प्रसाद चौधरी, नागेन्द्र पटेल, सिकेन्द्र साह, अन्जु साह कानु, धर्मेन्द्र साह कानु, रामाशंकर यादव, गेना साह, अच्छेलाल साह कानु, रामबाबु प्रसाद पटेल, श्रवण कुमार यादव, विरेन्द्र प्रसाद चौधरी, राहुल साह,

    अजय कुमार साह, दिपक कुमार यादव, विन्दा प्रसाद यादव, विकास साह, इमामुल हवारी, देवी माया सिवाकोटी, आकाश कुमार यादव, हरेराम प्रसाद यादव, रवि भुषण पटेल, लोकेन्द्र पटेल, वृजेश पटेल, राजेश्वर प्रसाद साह, रामाकान्त चौधरी, दिपक कुमार साह, नविन कुमार सिंह, प्रेम कुमार शाह, पुजा देवी शाह, निमेष शर्मा, शम्भु दास, विनोद पञ्जीयार, प्रभु शाह तेली, विपिन यादव, शिवलाल धामी थारु, नितु यादव, नितु पौडेल, रामविध्या चौधरी, रामराज दास, चिरञ्जीवी चौधरी, जयनारायण चौधरी, इन्ताफ अहमद, राम बालक यादव, अमित गिरी, विक्की बाबु प्रसाद जैसवाल, रघुनन्दन कुमार साह, हरेन्द्र प्रसाद यादव, शान्ति कुमारी देवी, निभा कुमारी साह, रंजित साह, सुस्मीता स्याङ्गतान, कृष्णा पासवान, मुकेश ठाकुर, जयराम शर्मा, हरिशंकर शर्मा, विरेन्द्र मुखिया, बब्लु अंसारी प्रदिप मुखिया, सैमुद्दिन अन्सारी, निपना थिंग, किरण गुप्ता, संदिप कुमार साह, अमित कुमार गुप्ता, फुलसरीफ हवारी,

    सुमन मगर, विक्की कुमार गुप्ता, सन्तोष पासवान, रोहित सहनी, राधेश्याम  प्रसाद यादव, आकाश पटेल, गुडडु कुमार रंगोली, अजय पंडित, दुर्गा पटेल, सुरेश साह कानु, लालबाबु मुखिया, दिपेन्द्र कुमार चौहान, बिन्दया पुर्जा, ओमप्रकाश कुमार, रामलाल महरा, बृजकिशोर गोसाई,  उद्वव श्रेष्ठ, गौरी शंकर चौहान, मुन्ना महतो, मोती चन्द्र राउत कुर्मी, सरिता साह, बालेश्वर महतो, शिवम सर्राफ, मन्दिप पटेल, राजकिशोर पटेल, प्रकाशचन्द्र श्रीवास्तव, समसुदिन श्रीवास्तव, रिन्कु मण्डल, प्रमिला साह, दिपा प्रजापती, सुनिल पंडित, सन्दिप सरार्फ, मुस्तजाव आलम, फिरोज मिया हजाम, सुबान मिया अंसारी, रहमान मिया धोवी, आदित्य कुमार साह, अनिल पटेल, मुर्ली प्रसाद कलवार, मिथलेश जयसवाल, मुन्ना प्रसाद कम्कर, अविनाश राउत, जैसादिल जयसवाल, प्रमेश प्रसाद रवानी, काशिम मिया, विजय कुमार राउत, रंजितकुमार कलवार, महाविर गिरी, राकेश गिरी, रविन्द्र राउत, नवल किशोर राउत, रामवली पासवान, सन्त महतो थारु, अमित उपाध्याय, सिनन्दन राउत कम्कर, सुनिल यादव, संजिव चौवे,

    सफिक अहमद अन्सारी, ताज महमद अंसारी, जोगिन्द्र खाँ थारु, अहमद हुसेन देवान, रविन्द्र सिंह, किशोरी प्रसाद कलवार, चन्दन कुमार साह, देवेन्द्र साह, राजन ठाकुर, रोविना कर्ण, उमेश प्रसाद, अजय कुमार यादव, रामजीवन पटेल, अशोक मण्डल, विजय साह तेली, पवन यादव, राजु कुमार साह, राजेन्द्र भट्टराई, गणेश पटेल, मदन पटेल, संजय कुमार कर्ण, रामबाबु यादव, दिपेन्द्र बजगाई, पन्नालाल पटेल, लालबाबु महतो, रामबाबु महतो, मृत्युन्जय प्रसाद तेली, विधान तामाङ्ग, तेजारुलहक अन्सारी, सन्देश चौधरी, सैलेश कुमार कानु, कृष्ण यादव, अनिल महतो, नागेन्द्र कुम्हाल, रानी देवी श्रीवास्तव, राजिव पटेल, विनोद पटेल र राकेश कुमार साह लगायतका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑