वीरगन्ज । रेखा सिंह । आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस ३ डिसेम्बर को उपलक्षमा अल्लाइड युथ सोसाइटीले व्हील चेयर मेरथन को आयोजना गरेको थियो । त्यस कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला अधिकारी उमेश कुमार ढकाल ज्यू , शस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का ज्यु ,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेत , जील्ला प्रहरी कार्यालयका प्रहरी नयाब उपरीक्षक प्रह्लाद कार्की , बीरगन्ज महानगरपालिका सरसफाईको शाखा प्रमूख स्रफुदिन मिया , मानव सेवा आश्रमका केन्द्र सदस्य र प्रदेश नं २को संयोजक दिवस मानवसेवा ज्यू को उपातिथि रहेको थियो ।
यस कार्यक्रम लाई सफल पार्न बिभिन्न स्कूल र क्लबहरुको पनि सहयोग रहेको थियो । गौतम स्कूल , जीवन ज्योति स्कूल , बीरगन्ज पब्लिक कलेज , कावेरी एकेडेमी , सेन्जेवियर स्कूल , समृद्ध नेपाल , बीरगन्ज स्प्रिट क्लब र युवा वाचनले सहयोग गरेको थियो । कार्यक्रम २५ जना को फर्म भरिएको थियो तर केही कारण विशेष जम्मा सहभागिता ६ जनाको थियाे ।
सहभागितामा खेदु पासवान बलीरामपुर, उमेश कुशवाहा इनर्वा ,रमयोध्यया प्रसाद पटेल लक्ष्मणवा , ललन महतो मंडल मुर्ली चोक , रमेश महतो नगवा र सन्तोष महतो नगवा को थिए ।१०० मीटर को दूरी कायम राखेर व्हील चेयर मेरथन गराइएको थियो । जसमा प्रथम स्थान प्राप्त गर्न सफल हुनु भयाे रमेश महतो भने दोस्रो स्थानमा सन्तोष महतो जी रहनु भएको थियो ।
प्रथम हुनेलाई हाइड आउट होटलमा एक टाइमको खाना आफनो इक्छाले खान सक्नु हुन्छ ,हीटर , बैसाखी र ब्लाङ्केट पाएको छ भने दितियलाई जोया फेन्सी स्टोर बाट आफनो इच्छाले कोट वा जाकेट लिन सक्नु हुन्छ , बैसाखी , पानी तातो हुने भाँडो (केतली) र ब्लाङ्केट पाएको छ भने बाँकी सबै सहभागीलाई डिनर सेट, ब्लाङ्केट ले पुरस्कृत गरेका थिए । यस्ताे कार्यक्रम बीरगन्जको स्नद्रभमा पहिलो पटक भएको थियो र आगामी दिनमा पनि यस्तै अपाङ्ग मैत्री कार्यक्रमको साथ आउने प्रतिवद्वता र यस कार्यक्रमको सहजीकरण पनि अल्लाइड युथ सोसाइटीको अध्यक्ष ओम कुमार झाले गर्नु भयो ।