वीरगंज | शरीरलाई उभिन, अड्याउन ढाडको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । एकै आसनमा लामो समय बस्ने, सुत्ने वा पल्टने गर्दा साथै भारी काम गर्दा ढाडका विभिन्न समस्याहरू आउने गरेको पाइन्छ । आजकल धेरै मानिसमा ढाड दुखाई लगायतको समस्या हुने गरेको छ । यस्तोमा ढाडलाई आराम दिन योग गर्न सकिन्छ । तर कसरी ?
क) सबैभन्दा पहिले योगम्याटमा आरामसँग बस्नुहोस् ।
ख) अब बिस्तारै दुवै खुट्टा खुम्च्याएर म्याटमा आरामसँग पल्टिनुहोस् ।
ग) त्यसपछि दुवै हत्केलालाई आफ्नो पेटमा राख्नुहोस् ।
घ) अब आँखा बन्द गरेर श्वासको गतिसँग पेट तल–माथि गरेको अनुभव गर्नुहोस् ।
ङ) यो क्रममा आफ्नो सम्पूर्ण ध्यान श्वासमा लगाउनु पर्दछ ।
च) यो आसनमा १० मिनेट बस्न सकिन्छ । साथै अनुकूल समय अनुसार गर्न सकिन्छ ।
छ) अब सबै अभ्यास सकिएपछि आराम गर्नुहोस् ।
घुँडा खुम्च्याएर यो अभ्यास गर्दा ढाड दुख्दैन । खुट्टा सीधा पारेर गर्दा ढाड दुखाइको समस्या बढ्ने हुन्छ । त्यसैले ढाड दुख्ने समस्या हुनेहरूले पनि यो अभ्यास गर्न सक्छन् ।