काठमाडौं | प्राचीन ग्रन्थमा सेतो रंगलाई शुभ मानिएको छ तर समय परिवर्तन हुँदै जाँदा मानिसहरूले यो रंगलाई मांगलिक कार्यमा प्रयोग गर्न छोडे । प्राचीनकालमा सबै प्रकारका मांगलिक कार्यमा सेतो रंग नै प्रयोग गरिन्थ्यो । पुरोहितहरू पनि सेता लुगा लगाउँथे ।
तर पछि अन्य रंगहरू मांगलिक कार्यमा प्रयोग हुन थाले र बिस्तारै सेतोलाई प्रतिस्थापन गर्न थाले । मृत्यु चाहिँ अमंगलको सूचक हो त्यसैले मृत्युसंस्कारमा सेतोको प्रयोग रहिरह्यो । अनि महिलाप्रतिको विभेदकारी नीतिनियमका कारण महिलाले चाहिँ विधवा भएमा जीवनपर्यन्त सेतो वस्त्र लगाउनुपर्ने, पुरुषले चाहिँ विधुर भएमा जस्तो लुगा लगाएपनि हुने चलन चलाइयो ।
तर वेदमा विधवा स्त्रीलाई पुनर्विवाहको छुट छ ।
उदीर्ष्व नार्यभि जीवलोकं गतासुमेतमुप शेष एहि। हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि सम्बभूथ। अर्थात्, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसके यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट उक्त स्त्रीलाई छ ।
आजकल त मानिसहरूको सोचमा परिवर्तन आइसकेको छ । विधवालाई पनि समाजमा यथोचित सम्मान दिन थालिएको छ । विधवाहरू पनि रंगीन वस्त्र लगाउने अनि पुनर्विवाह गर्ने गरिरहेका छन् ।
तैपनि सेतो वस्त्र लगाउनुका पछाडि केही कारणहरू छन् । खासमा सेतो रंग भनेको अन्य रंगहरूको अनुपस्थिति हो । आफ्नो आमाबुवाको घर छोडेर पतिको घर जाने महिलाका लागि पति महत्वपूर्ण व्यक्ति हो । त्यही पतिको मृत्युका कारण जीवन रंगहीन भएको महसूस गर्ने महिलाले सेतो लुगा लगाउनु उपयुक्त नै हो ।
सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा ।
सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकतामोह देखाउँछ ।