बारा | बाराको रतनपुरमा हसियाले टाउकोमा प्रहार गर्दा जना घाईते भएका छन् । घाईते हुनेमा निजगढ नगरपालिका वडा नम्बर ११ स्थित रतनपुर गाउँमा बस्ने ६५ वर्षिय गंभिरा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
आज मंगलवार दिउँसो तपुभुमी सामुदायिक वनमा घाँस काट्ने क्रममा २२ वर्षिय अनिल थिङले राउतको टाउकोमा हसिया प्रहार गरेका हुन् ।
प्रहारबाट गम्भिर घाईते भएका राउतलाई उपचारको लागी सिमरा एयरपोटबाट काठमाण्डौ पठाईएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । हसिया प्रहार गर्ने थिङ फरार रहेकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।