बारा | सिकिन्द्र साह | बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका वडा नम्बर १० को देवापुर टेटा गाडीमा आज बिहान आठ बजेकाे समयमा नालामा डुबेर एक बालककाे मृत्यु भएको छ।
राजु ठाकुरकाे छाेरा आन्दाजी दुई बर्सिय मनिष कुमारले घरकै अगाडि नालाकाे वरिपरि खेलिरहेको अवस्थामा डुबेका थिए। नाला निर्माण बिगत एक बर्ष पहिल्यै भैइसकेको छ । तर नाला माथिको ढक्क्न आधिमा राखिएको र आधीमा नराखिएको अवस्थाका कारण घटना भएको हो ।
बालकले डुबेकाे ठाउँको नालामा ढक्क नरहेको अवस्था छ । बालक डुबे पछि घरकाे अभिभावकले गाउँ भरी नै खाेज तलास गर्दै जादा करिब एघार बजेकाे समयमा नालाको पानी तैरीएकाे अवस्थामा बालक फेला परे पछि नजिको स्वास्थ्य चौकीमा लैजादा मृत्युु भैसकेको डाक्टर रामचन्द्र यादवले बताएका थिए ।