• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व टेलिभिजन दिवस

  • वीरगंज संजाल
  • ५ मंसिर २०७८, आईतवार ०७:०९
  • २३८९

    वीरगन्ज । आज विश्व टेलिभिजन दिवस । टेलिभिजनसँग जोडिएका हाम्रा अनुभूति र पुराना ती दिनहरुबारे चर्चा गर्नु पहिले विश्वमा टेलिभिजन दिवस किन मनाउन थालियो भन्नेबारे चर्चा गरौँ ।

    २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय भइसकेको छ । टेलिभिजनले हाम्रो समाजमा पार्न सक्ने प्रभाव र यसको बढ्दो प्रभावकारिताको मूल्याङ्कन गरेर संयुक्त राष्ट्रसंघको महासभामा नै २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवस मनाउन थालिएको हो । विश्वका विभिन्न देशमा भइरहेका राजनीतिक गतिविधि, राजनीतिक परिवर्तन, शान्ति यात्रा, सुरक्षालगायतका विषयले समाजको सुरक्षामा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन थालेको हो ।

    हुन पनि टेलिभिजन अब विश्वमा सन्चार र वैश्वीकरणको एउटा माध्यम बनेको छ जसले हाम्रा विचार र निर्णयलाई प्रभाव पार्ने मात्र होइन, हामीलाई सूचित गर्न, मनोरञ्जनका लागि र कुनै पनि निर्णय लिन सहयोग गरिरहेको छ ।

    सन् १९९६ मा पहिलो पटक विश्व टेलिभिजन फोरमको आयोजना पनि भएका थियो । यतिबेला विश्वमा टेलिभिजन आविष्कार भएको ६९ वर्ष पुगिसकेको थियो । २१ वर्षका फिलो टेलर फन्सवर्थले पहिलो पटक सन् १९२७ मा टेलिभिजन आविष्कार गरेको मानिन्छ । अचम्म त के भने उनी १४ वर्षको हुँदासम्म उनको घरमा बिजुली नै थिएन । पछि उनी हाइस्कुलमा पढ्न थालेपछि चलिरहेको फोटोलाई पनि क्यामेरामा कैद गर्ने विषयमा सोच्न थाले र त्यसलाई नै विभिन्न माध्यमबाट एउटा साधनबाट अर्को साधनमा सार्ने प्रयास गरे । उनको यो प्रयासमा उनका साथीहरुको पनि निकै ठूलो साथ र सहयोग थियो ।

    तर, टेलिभिजनको आविष्कार एक जनाको प्रयासबाट मात्र भएको होइन । त्यसैले टेलिभिजनका आविष्कारक को हुन् भन्ने प्रश्नमा एक जनाको मात्र नाम लिनु पनि उपयुक्त हुँदैन । चाल्र्स फ्रान्सिस जेन्किन्स, जोन लेगी बेयर्ड, केन्जिरो ताकायानागी फन्सवर्थसँगै लिइनु पर्ने तीन नाम हुन् जसले आज टेलिभिजन यो स्वरुपमा आउनुमा ठूलो भूमिका निर्वाह गरेका छन् । बेयर्डले बेलायतमा, फन्सवर्थले अमेरिकामा, ताकायानागीले जापानमा टेलिभिजनको विकासका लागि एउटै समयमा सोचेका थिए, एक दुई वर्षको हेरफेरमा टेलिभिजनको विकासमा सहयोग पुर्याएका थिए ।

    सन् १९२७ मा पहिलो पटक कल्पना गरिएको टेलिभिजनलाई आजभोलि हामी छोटकरी रुपमा टिभीको नामले मात्र चिनिरहेका पनि हुन्छौँ । अब त नेपालका गाउँगाउँमा पनि घरघरमा टिभी पुगिसकेको छ, केही ठाउँमा पुग्ने क्रम पनि जारी छ । जे होस्, सन् २०२१ मा आइपुग्दा धेरैले टिभीबारे सुनिसकेका छौँ, टिभी हेरिसकेका छौँ । पछिल्लो समय आमसन्चारमा वा सूचनाका लागि पनि भिडियोको प्रयोग बढ्न थालेको छ । मोबाइलमा होस् या अन्य कुनै डिभाइसमा हामीले अब भिडियो हेरिरहेका हुन्छौँ । डिजिटल डिभाइसहरुमा यसरी भिडियो हामीले हेर्न अहिले पाउनुको कारण पनि सन् १९२७ मा टेलरले चलिरहेका दृश्यलाई एक ठाउँबाट अर्को ठाउँमा क्यामेराबाट खिचेर प्रसारण गर्नेबारे सोच्नु हो ।

    ‘टुडे टिभी’ नाराका साथ यो वर्ष विश्वभर टेलिभिजन दिवस मनाउन थालिएको छ ।

    अब लागौँ, हाम्रा पुराना दिनहरुमा । नेपालमा पहिले राणाहरुले आफ्नो दरबारमा सजाउनका लागि टिभी बेलायतबाट ल्याएका थिए भन्ने सुनिन्छ । २०४१ सालमा पहिलो पटक नेपाल टेलिभिजन सुरु भए पछि चाहिँ यसको व्यापकता बढ्न थाल्यो । अनि गाउँहरुमा ब्ल्याक एन्ड ह्वाइट टिभी पुग्न थाले, घरका छतहरुमा एन्टेना देखिन थाले । तर, यसको व्यापकता त्यस्तो भइसकेको थिएन कि घरघरमा टिभी होस् । त्यति बेला त पूरै गाउँमा एक जनाको घरमा मात्र टिभी हुनसक्थ्यो । अनि छानामा बुस्टरसहित झुन्डिएका अल्मुनियमका पाइपबाट बनेका एन्टेना । त्यस्ता एन्टेनाहरु यताउता सारेर, सिग्नल टिपेपछि झ्यारझ्यार भए पनि आउने टिभीका दृश्यहरु हेर्न मानिसहरु हतारहतारमा हुन्थे । धार्मिक प्रवचनका कार्यक्रम हुन् या केही सिरियलहरु आउने समय किन नहोस्, टिभीको सिमितताले सबैलाई समय र बार पनि कण्ठ हुन्थ्यो ।

    अहिले त टिभीको स्वरुपमा पनि निकै परिवर्तन आइसकेको छ, घरको छतमा राखिने एन्टेनाहरु विस्थापित भएका छन्, घरघरमा टिभी पुग्न थालिसकेको छ । नत्र त्यति बेला श्यामश्वेत टिभी, च्यानलहरु फेर्न र हेर्न बटार्नु पर्ने गोलो घुम्ने बटन, टिभी हुँदा सम्पन्नताको परिचय हुने भएकाले पनि कतिले धान बेचेर टिभी किने, कतिले जग्गै बेचेर पनि टिभी जोडे । कतिपयको दाइजोमा टिभी हुँदा गर्वको महसुस गरियो ।

    नेपालमा विस्तारै टिभीले प्रभाव कस्तो छोड्न थाल्यो भने बालबालिकादेखि वृद्धवृद्धाहरु आफू अनुकूल कार्यक्रमहरु टिभीमा झुम्मिएर हेर्ने भए । घरमा हजुरबाहजुरआमाका लागि धार्मिक कार्यक्रम, बाहरुका लागि समाचार र समसामयिक तथा सिरियलहरु र बालबालिकाका लागि बाल कार्यक्रमहरु चर्चाको केन्द्रमा रहन थाल्यो ।

    सन् १९८० र ९० को दशकमा हुर्किएका युवाहरुका लागि अहिले पनि ती दिन सम्झिने हो भने नेपाल टेलिभिजनमा शनिबार आउने फिल्म, कार्टुन, विश्व घटना र हिजोआजका कुराजस्ता सिरियलहरु अहिले पनि ताजै होलान् । विश्वकप फुटबल श्यामश्वेत टिभीमा हेरेको सम्झना अहिले पनि कतिपयमा होला । हामीले नै त हो, टिभी घरहरुमा आउन थालेपछि फेरि भिसिआर, डेक ल्याएर फिल्म हेर्न थालेको । अनि हिजो जस्तै लाग्दैन र सुपर म्यारियोजस्ता खेलहरुलाई पनि टिभीमा जोडेर खेलेको ?

    तर, अब यी दिनहरु अतित जस्तै लाग्छन् । यो स्वभाविक पनि हो, अहिले त टिभी अब स्लिम भएको छ, सानो भएको छ र एउटा टिभीमा सयौँ च्यानलहरु आउन थालेका छन् । अनि टिभीमा आउने कार्यक्रमहरुको संख्या पनि निकै बढेको छ, कृषिसम्बन्धी कार्यक्रम मात्र होइन, स्वास्थ्यसम्बन्धी कार्यक्रम, योगा र समाचारहरु क्षणक्षणमा टिभीमा आइरहेका छन् ।

    यही टिभीमा त हो हामीले देखेका केही अनुहारहरु पहिलो पटक, जो स्थापित भए, अहिले पनि राष्ट्रिय राजनीतिमा प्रभाव राख्छन् । उनीहरुका विचार र विमर्शका कार्यक्रमहरुले नै त हाम्रो समाजमा पनि प्रभाव पारिरहेका हुन्छन् । अनि हामीसँग सम्झनाहरु पनि पक्कै छन्, टिभी कार्यक्रमहरुका कारण नै हामीले हाम्रो स्वास्थ्यमा पार्ने असर र स्वास्थ्यलाई थप राम्रो बनाउन गर्नु पर्ने प्रयासबारे पनि थाहा पाएका छौँ ।

    अब त हामीसँग पुराना टिभीका दिनहरु धेरै सम्झनामा रहनेछन् । किनकि विश्वमा मात्र होइन, नेपालमा पनि अनलाइन टिभीको अभ्यास सुरु भइसकेको छ । अनि टिभीमा आउने कार्यक्रमहरु हामीले अब हातहातमा मोबाइलमा नै पनि हेर्न सक्ने भएका छौँ ।

    टिभीको स्वरुप र तौरतरिकामा आएको यो परिवर्तनमा पनि अब हामी अभ्यस्त भइसकेका छौँ । यसबाट हामीले हाम्रो समाजलाई थप समुन्नत बनाउन सिकौँ, विश्वका घटना र सूचनाहरुबाट प्रेरित भएर अगाडि बढ्ने सिकौँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑