वीरगन्ज । भन्सार छली ल्याएको खुद्रा तथा हाडवेयर सामानहरूसहित एक ट्रक नियन्त्रणमा भएको छ। सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा येहि एक गते राति 11 बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डको बाटो मा हिडिरहेका ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकमा खुद्रा तथा हार्डवेयर लगायतका मालबस्तुहरू भन्सार छली गरी रूपन्देही तर्फ लाँदै गरेको अवस्थामा पक्राउ परेको छ ।
सूचना प्राप्त अनुसार जिल्ला प्रहरी कर्यालय पर्सा बाट खटीएको टोलीले उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रक भित्र विलबिजक भन्दा बढी किराना तथा हार्डवेयर सामानहरू लोड रहेकोको देखिएकोले उक्त ट्रकलाई र चालकलाई जिल्ला मकवानपुर राक्सीराङ
गाउँपालिका वडा नं.३ बस्ने बर्ष ४० को सुन बहादुर थिङसहित नियन्त्रणमा लिई सामान तथा ट्रकको रू.५०,००,०००।- (पचाँस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कर्यालय पर्साले जनएको छ।