पर्सा । अनिल साह । लागु औषध ओसारपोसार र खेती गरिने कार्यलाई पूर्ण रुपले निस्तेज बनाउन जिल्ला प्रहरी कार्यालय पर्साले अभियान सुरु गरेको छ । अभियान सुरुगरे संगै पर्साको ठोरी गा.पा.वडा २ र ३ मा लुकाई छिपाई झण्डै १५ विगाहा क्षेत्रफलमा अबैधरुपमा खेती गरिएको गाँजाको बोट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार नष्ट गरेको छ ।
गाँजा खेती हुन सक्ने सम्भावित स्थानहरुको खोजी गर्ने क्रममा ठोरी गाउँपालिकाको विभिन्न वडाहरुमा व्यवस्थितरुपमा अबैधरुपमा गाँजा खेती भएको विषेश सुचनाको आधारमा प्रहरीले उक्त गाजा खेती नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका उपरिकक्षक प्रहलाद कार्कीले बताएका छन । उहाँका अनुसार, यस अभियानले लुकिछिपी गरिएको गाँजाको खेती गर्ने गराउनेलाई कानुको दायरामा लयाई कार्वाही गर्ने बताएका थिए ।
पछिल्लो दिन देखी थालनी गरेको अभियान अन्तर्गत अहिलेसम्म पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा गरी झण्डै ३० विगाहाबाट भन्दा बढी गाँजा खेती नष्ट गरिसकेको प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्साको ठोरी गा.पा. सदरमुकामबाट ६० कि.मी टाढारहेको र ग्रामीण क्षेत्रभए संगै वन जंगल क्षेउमा पर्ने भएकोले र खास गरी जंगाल फडानि क्षेत्रमा नदेखीने गरी रुखहरुले घेरिएको खेत ठूलो सँख्यामा गाँजाको खेती गर्ने गरीएको पाईएको छ ।
असार÷साउनमा लगाइएको गाँजा मङ्सिर÷पुसमा परिपक्व भएपछि कारोबारीहरुले गाँजाको बोटबाट गाँजा उत्पादन गर्ने गर्दछन् । राम्रोसँग फस्टाएको एउटा बोटबाट मात्रै आधा केजीदेखि एक केजीसम्म तयारी अवस्थाको गाँजा उत्पादन हुन सक्ने बताइन्छ । यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पु¥याउन सकेको अवस्थामा कारोबारीहरुले प्रति केजी ११ हजार भारतीय रुपियाँसम्ममा विक्री गर्ने गर्दछन् ।