• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विचित्र संसार

    टर्की-सिरिया तनाव: फेरि सैन्य कारबाही थाल्ने टर्कीको चेतावनी

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७६, मंगलवार २२:३०
  • ६४८९

    टर्कीका राष्ट्रपतिले युद्धविराम अन्त्य हुनुअघि कुर्दिश लडाकुहरू सीमाक्षेत्रबाट नहटेमा उत्तर-पूर्वी सिरियामा पुनः सैन्य कारबाही थाल्ने चेतावनी दिएका छन्।

    राष्ट्रपति रेजेप तय्यीप एर्दोआनका अनुसार मङ्गलवार राति १० बजेसम्म १३ सय वाइपीजी लडाकुहरूअझै फर्किनुपर्नेछ।

    टर्कीको फौज र उसका साझेदार सिरियाली विद्रोही लडाकुहरूले सिरियामा ३२ किलोमिटरसम्मको सुरक्षित क्षेत्र बनाउन भन्दै अक्टोबर नौ तारिखमा आक्रमण सुरु गरेका थिए।

    तर अमेरिकाको आग्रहमा गत हप्ता एर्दोआनले सैन्य कारबाही रोक्न लगाए।

    आतङ्कवादीको व्यवहार

    विगत चार वर्षयता सिरियामा इस्लामिक स्टेट समूहविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन फौजले वाइपीजीसँग साझेदारी गरेको थियो।

    तर टर्कीमा स्वायत्तताका लागि सङ्घर्षरत एउटा कुर्दिश लडाकुसँग जोडिएको भन्दै टर्की सरकारले वाइपीजीलाई आतङ्कवादी सङ्गठनको रूपमा लिँदै आएको छ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रबाट अमेरिकी फौजलाई फर्कन आदेश दिएपछि टर्कीले सैन्य कारबाही थालेको थियो।

    नक्सा

    ट्रम्पको आदेशको अमेरिकी सांसदहरूले चर्को आलोचना गर्ने गरेका छन्।

    संयुक्त राष्ट्रसङ्घका अनुसार विगत दुई हप्ताभित्र उत्तर-पूर्वी सिरियामा ८० हजार बालबालिकासहित एक लाख ७६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

    युद्धविरामको पालना

    उत्तर-पूर्वी सिरियामा तीस लाख मानिसको बसोबास छ। ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार पछिल्ला कारबाहीमा करिब १२० जना सर्वसाधारण, २५९ जना कुर्दिश लडाकु, टर्की समर्थित १९६ जना लडाकु र सातजना टर्किश लडाकु मारिएका छन्।

    टर्किश अधिकारीहरूका अनुसार टर्कीको भूमिमा वाइपीजीको हमलाबाट २० जना सर्वसाधारण मारिएका छन्।

    टर्कीको नियन्त्रणमा रहेको सुरक्षित क्षेत्रबाट वाइपीजी लडाकुहरूलाई निस्किन दिन १२० घण्टाका लागि सैन्य कारबाही रोक्न अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एर्दोआनलाई सहमत गराएका थिए।

    वाइपीजी लडाकुहरूलाई निस्किन दिनका लागि युद्धविराम गर्न पनि उनी सहमत भए।

    छिटपुट लडाइँका घटनाबाहेक ठूलो स्तरमा युद्धविराम पालना भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑