• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चर्किदै निगमको घाटा : मूल्य वृद्धि कि कर वृद्धि?

  • वीरगंज संजाल
  • २७ कार्तिक २०७८, शनिबार ०७:४९
  • २९८९

    वीरगंज | पछिल्ला सातामा पेट्रोलियम पदार्थको मूल्य धमाधम बढिरहेको छ । नेपाल आयल निगमले मूल्य समायोजन नगर्दा निरन्तर घाटा बढेको भन्दै भारतीय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । अत्यावश्यक वस्तु इन्धनको अन्तर्राष्ट्रिय मूल्य पनि उच्च गतिमा बढिरहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य प्रति ब्यारेल ८४ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थोरै बृद्धि हुँदा त्यो नेपाली उपभोक्तासम्म आइपुग्दा निकै चर्को हुने गरेको छ ।खासगरी सरकारले लगाएको मूल्य अभिबृद्धि कर झण्डै मूल्यको हाराहारीमा जोडिन पुग्दा इन्धनको मूल्यमा चर्को बढोत्तरी हुने गरेको हो । अहिले नेपालले इन्धन पूर्ण रुपमा भारतबाट खरिद गर्ने गरेको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट खरिद गरेको इन्धनको मूल्य मात्रै हेर्ने हो भने नेपाली उपभोक्ताबाट दोब्बर मूल्य लिने गरेको पाइन्छ । यद्यपि निगमले मूल्य अभिबृद्धि करसहितको मूल्य थपेर घाटा भएको देखाएको छ ।

    नोभेम्बर एक तारिखमा समायोजन भएको मूल्यअनुसार बजारमा बढी बिक्री हुने पेट्रोल खरिद गर्दा निगमले इण्डियन आयल कर्पोरेशनलाई ८३ रुपैयाँ ४९ पैसा तिरेको छ । तर नेपाली उपभोक्ताले सोही पेट्रोल किन्दा १३६ रुपैयाँ तिर्नुपरेको छ । तर पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ ५८ पैसा घाटामा बिक्री गर्नुपरेको निगमले बताएको छ । खरिद मूल्यमा ५७ रुपैयाँ ७३ पैसा मूल्य अभिबृद्धि कर, २ रुपैयाँ ३ पैसा निगमको विभिन्न खर्च, ५ रुपैयाँ १ पैसा ढुवानी भाडा र नेपाली बिक्रेता कम्पनीहरुको नाफा ५ रुपैयाँ ३२ पैसा राखिएको छ । यसरी पेट्रोलको मूल्यमा सबै अतिरिक्त शुल्क जोड्दा १५३ रुपैयाँ ५८ पैसा लागत मूल्य पुगे पनि घाटामा बेचिरहेको निगम बताउँछ ।

    यसैगरी निगमले आइओसी​बाट ८२ रुपैयाँ २१ रुपैयाँमा खरिद गरेको डिजेललाई नेपाली बजारमा १ सय १९ रुपैयाँमा बिक्री मूल्य तोकेको छ । यसमा १३ रुपैयाँ १४ पैसा घाटा रहेको निगम बताउँछ । निगमको विवरणअनुसार डिजेलमा ४० रुपैयाँ ४१ पैसा कर, निगमको खर्च १ रुपैयाँ ५९ पैसा, ढुवानी भाडा ३ रुपैयाँ ७७ पैसा, पेट्रोलियम बिक्रेता मुनाफास्वरूप ४ रुपैयाँ १७ पैसा जोडिएको छ । निगमले खाना पकाउने एलपी ग्यास पनि प्रतिसिलिण्डर ६५६ रुपैयाँ ८४ पैसा घाटा रहेको बताएको छ । नेपाली बजारका लागि ग्यास मूल्य १५७५ रुपैयाँ प्रति सिलिण्डर कायम गरिएको छ । निगमले १६०५ रुपैयाँमा ग्यास खरिद गरेको छ ।

    मूल्य बृद्धि कि कर बृद्धि !

    पछिल्ला वर्षहरुमा सरकारले नै इन्धनमा उच्च कर लगाउँदा उपभोक्ताहरू चर्को मारमा पर्ने गरेको देखिन्छ । तर आम उपभोक्ताहरूले भने निगमको मूल्य बृद्धिको आलोचना गरिरहेका छन् । नेपाल आयल निगमले इन्धनमा मूल्य बृद्धि गरेपछि पटक पटक आन्दोलन हुने गर्छ । तर खास सरकारले विभिन्न बहानामा लगाएको चर्को करबारे भने आम सरोकारवाला बेखवर जस्तै छन् । सरकारले आर्थिक वर्ष २०७३/०७४ देखि इन्धनबाट चर्को रुपमा कर संकलन गर्न थालेको हो । त्यतिबेला सरकारले बुढीगण्डकी जलबिद्युत आयोजना निर्माण गर्ने भन्दै इन्धनमा कर लगाएको थियो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासिला अर्थमन्त्री बिष्णु पौडेलले ओलीको ‘इन्ट्रेष्ट मा कर लगाउन सुरु गरेका थिए । त्यसपछि सोही सरकारका अर्थमन्त्री बनेका डा. युवराज खतिवडाले पनि इन्धनमा ह्वात्तै कर बृद्धि गरेका थिए । खतिवडाले गत आर्थिक वर्षमा भन्सार शुल्क र पूर्वाधार शुल्क १०/१० रुपैयाँ बढाएका थिए । इन्धनबाट उठेको कर मात्रै ७८ अर्ब नाघिसकेको छ । तर, बुढीगण्डकी आयोजना निर्माण भने अन्योलमै छ ।

    निगमको बढ्दो घाटा

    निगमले पछिल्लो पटक गरेको दुइ साताको प्रक्षेपणअनुसार आगामी दुइ सातामा निगमको घाटा २ अर्ब ६२ करोड नाघ्नेछ । यो सहित चालू आर्थिक वर्षमा मात्रै निगमको घाटा १० अर्ब नजिक पुगेको छ । यसअघि गत आर्थिक वर्ष २०७७/७८ भरीमा निगमलाई जम्मा ४ अर्ब घाटा भएको थियो । आयल निगम स्थापनापछिको सुरुवाती वर्षहरुमा निरन्तर घाटामा थियो । त्यसपछि आर्थिक वर्ष २०७१/०७२ पछि निगम निरन्तर नाफामा थियो । निगमले आर्थिक वर्ष २०७१/७२ मा १५ अर्ब ४ करोड नाफा गरेको थियो । त्यसपछिको आर्थिक वर्ष २०७२/७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो । यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा ९ अर्ब ४५ करोड, आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ५८ करोड र आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ६५ करोड रुपैयाँ कमाएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑