• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धितोपत्र बोर्डको अध्यक्षमा १२ प्रतिस्पर्धी

  • वीरगंज संजाल
  • २६ कार्तिक २०७८, शुक्रबार १९:२२
  • ३८६१

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । तत्कालीन अध्यक्ष भिष्मराज ढुङगाना बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर छोरी रेविका ढुङ्गानाको नाममा खरिद गरेपछि विवादित बनेका थिए ।

    सोही प्रकरणपछि सरकारले जाँचबुझ समिति गठन गरेर समितिको प्रतिवेदनका आधारमा ढुङ्गानालाई असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । ढुङ्गानाको बर्खास्तीसँगै सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गरेको छ ।

    सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्य प्रा.डा. नारायण पौडेल सदस्य रहेको धितोपत्र अध्यक्ष नियुक्तीका लागि छनोट तथा सिफारिस समिति गठन गरेका थियो ।

    सोही समितिले कात्तिक ११ गते १५ दिने सूचना प्रकाशित गर्दै बोर्ड अध्यक्षका लागि दर्खास्त आह्वान गरेको थियो ।

    बिहीबार आवेदन दिने अन्तिम दिन बोर्ड अध्यक्षमा दाबी गर्दै १२ जनाले आवेदन पेश गरेको अर्थमन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता हितेश शाक्यका अनुसार अनिल पौडेल, निरज गिरी, डा. नवराज अधिकारी, चिरञ्जीवि चापागाईं, डा. केशव श्रेष्ठ, डा. गोपाल भट्ट, अम्बिका लामिछाने, रमेशकुमार हमाल, डा. जीवन अमगाईं, सिताराम थपलिया, कृष्णप्रसाद आचार्य र हेमन्त बस्यालले दर्खास्त दिएका हुन् ।

    धितोपत्र बोर्डको अध्यक्षका लागि दाबी गर्ने निरज गिरी र डा. नवराज अधिकारी बोर्डकै कर्मचारी हुन् । गिरी बोर्डको कार्यकारी निर्देशन हुन् भने अहिले अध्यक्ष नहुँदा बोर्डको दैनिक प्रशासनिक कार्य गिरीले नै हेरिरहेका छन् । उनले यसअघि पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए भने सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरे पनि मन्त्रिपरिषद्बाट ढुङ्गाना नियुक्त भएका थिए ।

    यस्तै अधिकारी बोर्डकै उप–कार्यकारी निर्देशक हुन् । यसअघि पनि पटक–पटक आवेदन दिएका अधिकारीलाई यपपटक भने माओवादी कोटाबाट बलियो प्रतिस्पर्धिको रुपमा हेरिएको छ ।

    धितोपत्र बजारमा नै विद्यावारिधी गरेका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट पनि यसपटक बोर्ड अध्यक्ष बन्ने प्रतिस्पर्धामा उत्रिएका छन् । उनी सुदूरपश्चिमका हुन् । यसबाहेक नेपाल चार्टर्ड एकाउन्टेन संस्था (आइक्यान)का पूर्व अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्ण आचार्यले पनि आवेदन दिएका छन् । कर्मचारी सञ्चय कोषको प्रशासक हुँदा राम्रो काम गरेका आचार्य सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकट मान्निछ । आचार्य नेपालका सम्धीसमेत रहेका नेकपा एसका नेता सोमनाथ पाण्डेका नातेदार हुन् ।

    यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्त्वको सरकारमा कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट राजीनामा दिएर बिमा समितिको अध्यक्ष नियुक्त भएका बिमा समितिका पूर्व अध्यक्ष चिरञ्जीबी चापागाई पनि प्रतिस्पार्धामा उत्रिएका छन् ।

    यस्तै अनलाइन मिडिया सञ्चालकसमेत रहेका डा. केशवप्रसाद श्रेष्ठले अघिल्लो पटक पनि आवेदन दिएका थिए । अध्यक्ष सिफारिस समितिले भिष्मराज ढुङ्गानासहित निरज गिरी र उनको नाम सिफारिस गर्दा अध्यक्षमा ढुंगाना नियुक्त भएका थिए ।

    अध्यक्षका लागि आवेदन दिएकी एक मात्रै महिला अम्बिका लामिछाने प्रभु बैंकको पूर्व सञ्चालक हुन् । अनिल पौडेल भने तनहुँमा जन्मिएर चितवन झरेका र राष्ट्रिय सहकारी विकास बोर्डमा कार्यरत छन् । रामचन्द्र पौडेलका आफन्तसमेत रहेका स्रोतको दाबी छ ।

    यस्तै अर्का दावेदार रमेशकुमार हमाल गैर आवशीय नेपाली हुन् । डा. जीवन अमगाईं बोर्डकै पूर्व कर्मचारी हुन् । उनले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । सिताराम थपलिया नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।

    हेमन्त बस्याल सेयरबजारमा नै सक्रिय छन् । उनी सिएफए हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑