वीरगंज । प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको हो । प्रहरी हेडक्वार्टरले मंसिर महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट भुक्तानी हुने गरी विभिन्न, जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमुख, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डीएसपीको सरुवा गरेको हो ।
मिश्राको प्रहरी वृत्त बालाजु काठमाण्डौमा सरुवा भएको छ भने उनको ठाउँमा निर्मल बुढाथोकी आउने भएका छन् । यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका डिएसपी दिपक कुमार रायको पनि सरुवा भएको छ ।
रायको जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा भएको छ भने उनकाृ ठाउँमा धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।