वीरगंज | नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ।
बिहिबार २७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ५३५ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ९ हजार ६०९ पीसीआर तथा ३ हजार ४४ एन्टिजेन परीक्षण भएको छ।