वीरगन्ज । बिश्रामपुरका चन्दन साह बीस लाख रकमसहित पक्राउ परेकाछ्न । जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जना ब्याक्ती पक्राउ परेका छ्न ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा यहि मिति २२ गते करिब ११ बजे वीरगन्ज महानगरपालिका वडा न. ८ घण्टाघर स्थित सडकखण्डमा घण्टाघरबाट आदर्शनगर जादै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा एक जना मानिस पक्राउ परेका छ्न ।
मोटरसाइकलमा सवार जिल्ला बारा बिश्रामपुर गा.पा.वडा नं.५ नकटुवा बस्ने वर्ष ३१ को चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू.२०,००,०००।– (बीस लाख) फेला परेको हुँदा उक्त रकमबरामद गरी उल्लेखित मो.सा.सहित निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।