वीरगंज | सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले तराईका जिल्लामा पहिला भन्दा धेरै जनशक्ति परिचालन गरिएको बताएका छन् ।
सशस्त्र प्रहरि बल नम्बर १० गण सर्लाहीको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै महानिरीक्षक खनालले सिमा सुरक्षालाइ मजबुत बनाउन आगामी दिनमा बोर्डर आउट पोस्ट -बीओपीको संख्या पनि बढाइने बताए ।
सुरक्षा बेसहरुले न्यून जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामी दिनमा समेत राज्यले दिएको जिम्मेवारीलाई त्रुटि रहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पुरा गर्न निर्देशन दिए।
सशस्त्र प्रहरि बल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराइका जनताले पहिले भन्दा थप सुरक्षाको अनुभुती गर्न पाएको उनको दावी थियो।