• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन विदेश पलायन हुन्छन् नेपाली युवा ?

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७८, सोमबार १०:२३
  • २७९३

    वीरगंज | देश, परिवार र व्यक्तिगत समृद्धिको मियो अर्थात् आजको युवावर्ग सामान्यभन्दा सामान्य कामको खोजीमा विदेश भौँतारिरहेको छ । यसतर्फ न राज्यले वा न अभिभावकले नै गम्भीर भएर सोचेकै देखिन्छ । प्रायः अहिलेका युवाको सबैको एउटै गन्तव्य बनेको छ, अस्ट्रेलिया । जब अस्ट्रेलियाको भिसा लाग्छ, उनीहरू रामले रावण मारेको विजयोत्सवझैँ गरी पार्टी मनाउँछन्, विदेश जाने स्वर्णिम ढोका खुलेकोमा । त्यसै खुसीमा उनीहरू कक्टेल पार्टीमा झुम्छन् ।

    आफ्ना उमेर र विचार मिल्ने साथीहरूसँग मिलेर उनीहरू रमाइलो गर्छन् । अभिभावकहरूलाई त खुसीको कुरा गरिसाद्धे नै हुँदैन, छोरा या छोरी अस्ट्रेलिया जाने भएकोमा । कहिलेकाहीँ उनीहरू छिमेकीसँग फुर्ती लगाउन पनि पछि पर्दैनन् । फलानाले के धाक दिनु, उसको छोराछोरी विदेश गएका छन् र ? अस्ट्रेलिया गएका छन् र ? यस्तै धाक लगाउँछन् मौका मिल्दा उनीहरू । तर, त्यसभित्रको तितो यथार्थबारे कसलाई थाहा ! कैयन्लाई मुटुमाथि ढुंगा राखेर हाँस्नुपरेको छ । विदेश गएर सजिलै काम पाए त पुग्यो । पहिले त यहाँबाट जाँदाको ऋण तिर्न नै पायो भने सुनमा सुगन्ध भयो । पछि बिस्तारै कमाएर पठाउँला । अस्ट्रेलियाका लागि प्रयास गरिरहेका युवाका मुखबाट यस्ता वाक्य सुन्न पाइन्छ ।

    यस भनाइभित्र आजको युवावर्गमाथि बिदेसिने विषयको कति बोझ छ भन्ने पनि बुझ्न सकिन्छ । विदेशमा पढ्नभन्दा पनि उनीहरू आफ्नो कामको ग्यारेन्टी भएमा बढी खुसी हुन्छन् । यस्तो छ, आजका नेपाली युवावर्गको विदेश पलायनको यथार्थ । चालीस–पचास लाखको सम्पत्ति देखाएर विदेश पुगेका युवाहरू किताब र क्याम्पसमा होइनन्, काम र दाममा आफ्नो सबथोक देख्छन् । घरमा सामान्य काम पनि नगरेका ती युवा त्यहाँ गएर के काम गर्छन्, कसैलाई थाहा छैन । जानेहरू यो काम गर्छौँ भनेर कसैका सामु भन्दैनन् । विदेशको परिवेशमा भाग्य खोज्न विवश नेपाली युवाको भविष्यले कस्तो फल दिन्छ ? यसको सहजै आकलन गर्न सकिन्न ।

    त्यस्तै, बिदेसिने युवामा त्यहाँ गएपछि विवाह गर्ने ट्रेन्ड पनि चलेको छ । हाम्रो छोराले त उतै बिहे गर्‍यो नि ! यस भनाइमा हाम्रो समाजमा भइरहेको परिवर्तनको यथार्थ लुकेको छ । हिजो झ्याइँझ्याइँ बाजा बजाएर बुहारी भित्र्याउने समाज वा छोरी अन्माउने समाज आज सात समुद्रपारिको विवाहलाई सामाजिक सञ्जालमार्फत मान्यता प्रदान गरिरहेको छ । आखिर यस्तो विवाह किन हुन्छ त्यहाँ ? विदेशको भूमिमै विवाह गर्नेको कारण के हो ? विदेश रहँदाको कोठेसाथी, जीवनसाथी वा अन्य कुनै ? त्यसको भित्री रहस्य पनि कसैले व्यक्त गरेको पाइन्न । आजका युवावर्गको यस प्रकारको विदेश मोह र जीवनशैलीले समग्र नेपाली जनजीवनलाई कसरी अगाडि बढाउने हो वा कुन दिशामा लैजाने हो, यसबारे अहिले नै नजरअन्दाज गर्ने वेला भएको छैन त ? किन राज्य संयन्त्र यसतर्फ चुकेको हो ? खास प्रश्न त यो छ, युवा किन पलायन हुन्छन् ? के उनीहरूको नेपाली संस्कृति र नेपालप्रतिको मोह घटेको हो ? खास कारण के हो ? जीवनको कुन मोेडमा उनीहरू स्वदेश फर्किने हुन् ? उनीहरूको बाँकी जीवन कसरी बित्ने हो, त्यो भविष्यले नै निर्धारण गर्छ ।

    विदेश जाने भिसा लागेपछि जीवनको स्वर्णिम ढोका खुलेको ठानेर खुसीले बुरुक्क उफ्रिने युवालाई स्वदेशमै सम्भावना देखाएर रोक्न नसकुन्जेल हाम्रो देशका अनमोल प्रतिभा पलायन रोकिनेछैन

    स्वदेशका करोडपतिका छोरा हुन् वा यहाँका राम्रो दर्जाको मानिने जागिरदार, तिनीहरूलाई विदेशमोहले यतिसम्म फसाएको छ कि लाग्छ– उनीहरू त्यहाँ अमृत प्राप्त गर्न जाँदै छन् । सावित्री–सत्यवानको पौराणिक कथाजस्तो पतिव्रता सावित्रीको धर्म बनेको छ, युवावर्गको विदेश पलायनको धर्म । आखिर किन र कहिलेसम्म यो क्रम जारी रहने हो । के विदेश गएपछि मात्र युवाले नेपाली समृद्धिको पर्दा उघार्न सक्ने हो त ? यसप्रकारका यावत् प्रश्नले नेपाली युवालाई किन विदेश जान मात्र उत्प्रेरित गराएको छ । युवावर्गको मनोविज्ञान बुझेर अझै पनि किन योजना तर्जुमा गरिन्न । युवावर्ग पलायन हुनु भनेको स्वदेशी सिर्जनाको मूल शून्यतामा झर्नु हो । त्यसैले आजका युवावर्गको त्यो सीप, क्षमता, समय, ऊर्जा र ज्ञानलाई प्रयोग गरेर अगाडि बढ्न अत्यावश्यक भएको छ ।

    विदेश पठाउन पचास लाख खर्च गर्ने अभिभावकले स्वदेशमा त्यही रकम लगानी गरेर उनीहरूलाई अगाडि बढ्न किन प्रेरित गर्दैनन् । यसमा आजका युवावर्ग र उनीहरूका अभिभावकले अवश्य नै ध्यान दिनुपर्ने देखिन्छ । यो देशको निर्माण गर्ने युवाले नै हो । युवाशक्तिलाई कुनै पनि हालतमा कम आँक्न मिल्दैन । त्यसैले नेपाली युवाहरू किन विदेश पलायन हुँदै छन् । त्यसलाई रोक्न युवामुखी विभिन्न कानुन तथा कार्यक्रम तर्जुमा गरेर तत्काल लागू गर्नुपर्ने देखिन्छ । युवावर्गको विदेश पलायनकोे मनोविज्ञान बुझेर अगाडि बढ्न नसके राज्यलाई कालान्तरमा ठूलो घाटा नहोला भन्न सकिन्न । विदेश जाने भिसा लागेपछि जीवनको स्वर्णिम ढोका खुलेको ठानेर खुसीले बुरुक्क उफ्रिने युवालाई स्वदेशमै सम्भावनाहरू देखाएर रोक्न नसकुन्जेल हाम्रो देशका अनमोल प्रतिभा पलायन रोकिनेछैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑