वीरगन्ज । सामान्यतया धेरै तरल पदार्थ पिउँदा पिसाब बढी लाग्ने गर्दछ । जो सामान्य हो । तर औसत पानी पिउँदा पनि छिटो छिटो पिसाब लाग्छ भने यो अन्य कारणले हुनसक्छ । तसर्थ यस्तो समस्या भएमा यसलाई वेवास्ता गर्नु हुदैँन ।
औसत रुपमा एक दिनमा ५ देखि ७ पटकसम्म पिसाब आए ठिकै हुन्छ । ७ पटकसम्म पिसाब आउँदा मृर्गौला स्वस्थ भएको मानिन्छ । तर दिनमा कम्तीमा पनि १० भन्दा बढी पटकसम्म पिसाब आयो भने त्यो स्वास्थकालागि खतरा पनि हुन सक्छ ।
सामान्य पानी पिउँदा पनि पटक पटक वा बढी पटक पिसाब लाग्छ भने, त्यसले शारीरक समस्याको संकेत गर्दछ । त्यस्तो भएमा चिकित्सकको परामर्श लिनु पर्दछ । यसबाट केहि घरेलु उपायमार्फत पनि छुटकारा पाउँन सकिन्छ ।
घरेलु उपायहर
– अनारको बोक्रालाई पिध्ने र त्यसमा ५ ग्राम पानी मिसाएर पिउने । दैनिक यसो गरेमा छिटो छिटो पिसाब लाग्दैन ।
– मेथीको धुलोमा अदुवा, मह र पानी मिसाएर दिनमा २ देखि ४ पटकसम्म पिउँदा पिसाब कम लाग्छ ।
– दहीमा प्रोबायाटिक ब्याक्टेरिया हुने हुनाले दहीको सेवन गर्नाले शरीरमा किटाणु बढ्न दिंदैन । त्यसैले दैनिक रुपमा दही खानाले छिटो छिटो पिसाब लाग्दैन ।
– तिलसँग सक्खर वा ज्वानो मिसाएर खादाँ पनि छिटो छिटो पिसाब लाग्ने समस्या कम हुन्छ ।
– तीन चारवटा तुलसीको पातमा एक चम्चा मह मिसाएर खाली पेटमा खाँदा पनि यसले पिसाब छिटो लाग्ने समस्या हराउँछ ।