एजेन्सी । भारतीय केन्द्रीय बैंक (आरबीआई) ले एक वर्षको अवधिमा झण्डै ७५ टन सुन खरिद गरेको छ । रिजर्भ बैंकले जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा रिजर्भ बैंकले झण्डै ७५ टन सुन खरिद गरेको छ उल्लेख छ ।
सेप्टेम्बर २०२० को तुलनामा करिब ११ प्रतिशतले सुन खरिदमा वृद्धि भएको भनिएको छ । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार रिजर्भ बैंकको सुनको मूल्य एक वर्षमा करिब ७,१५० करोड रुपैयाँले वृद्धि हुन गएको छ ।
पछिल्ला दुई वर्षमा रिजर्भ बैंकको सुनको सञ्चिति करिब १२५ दशमलव ६ टनले बढेको तथ्यांकमा देखाइएको छ । हाल भारत विश्वको नवौं ठूलो सुन भण्डारण गर्ने देशका रुपमा रहेको छ ।