बिरगंज। नेपाल सो क्योकुशिन कराते संघ बिरगंजको आयोजना दिपावलि तथा छ्ठ पर्वको अवसरमा चियापान तथा ग्रेडिङ्ग बेल्ट प्रमोशन टेस्ट कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगर पालिका वडा न.२४ रामगढ्वामा आज भएको सो कार्यक्रममा नेपाल सो- क्योकुशिन कराते संघ २ न. प्रदेशको संयोजक अशेसर पटेलको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि नेपालि काङ्ग्रेसका नेता एवं संविधान सभा सदस्य अनिल रुङ्ग्टाले नेपालमा खेलकुदलाई प्रोत्साहन गर्ने हो भने अन्तर्राष्ट्रिय मञ्चमा हामी आफ्नो प्रिर्थक पहिचान बनाउन सक्ने बताए ।अहिले नेपालको खेलकुद क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।
त्यसमा मार्शल आर्टले झन बिस्वमा नेपाल र नेपालिहरुलाई चिनाउने जुन काम गरिरहेको त्यो धेरै नै सराहनीय र स्वागत योग्य रहेको बताए ।आज यस कार्यक्रममा खेलाडीहरुमा जुन किसिमको जुझारुपन छ , खेलप्रति समर्पण छ र यहि किसिमको एउटा जिवनमा अनुशासित जिवन अपनाउनको लागि , अनुशासित नागरिक बन्नको लागि र आफ्नो कुनै न कुनै किसिमको काम गर्नु छ भने सुरुआत व्यायामबाट गर्नु पर्ने त्यसले सफल जिवन दिन्छ , त्यसकारण यो खेल निश्चय पनि धेरै महत्त्वपूर्ण रहेको बताउदै आउदो दिपावलि र छठ पर्वको सुभकामना दिनु भएको थियो ।
आज बिरगंजमा भएको ग्रेडिङ्ग बेल्ट प्रमोशन टेस्ट कार्यक्रममा काठमाडौंका विभिन्न डोजाङ्गबाट ३२ जना , बाराबाट २८ जना र बिरगंजका १८५ जनागरि कुल १४५ जनाले भाग लिएका थिए । व्हाईट बेल्ट देखि ब्लाक बेल्ट थ्री डनले भाग लिएर आआफ्नो खेल र काटा प्रदर्शन गरेका थिए । ब्लाक बेल्टको लागि आकाश पटेल , दिपेश पटेल , युवराज पटेल , सरोज पटेल , पुनित पटेल , प्रबिण पटेल , कृष्ण बैठा बिरगंजबाट र सुनिल महर्जन , प्रभात स्यान्ताङ्ग , शक्तिमान स्यान्ताङ्ग , नवराज थापा मगर , बिजय लोपचन , करुणा योनजन, राजेन्द्र नगरकोटि , अमृत नगरकोटि , सुदिप मगर , बिशाल मार्फा तामाङ्ग , उमेश नगरकोटि , सुजन घले , भिम घलेले भाग लिएका थिए भने ब्लाक बेल्ट सेकेन्ड डनको लागि सतल तामाङ्ग , महेश केशि , बिजय लोपचनले भाग लिएका थिए ।
ब्लाक बेल्ट थ्रड डनको लागि सुजन नगरकोटि , दिनेश नगरकोटि , सरोज खत्री , रमेश थिङ्ग , बिजय लामा , दिपा शाहि , अशेसर पटेलले भाग लिएका थिए ।फोर डन ब्लाक बेल्टको लागि रबिना श्रेष्ठ , रिता राई र केशव देसारले भाग लिएको नेपाल सो क्योकुशिन कराते संघका केन्द्रिय ब्रान्च चिफ तथा महासचिव शिहान राजकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।त्यसैगरि थ्री डन र फोर डन ब्लाक बेल्टको लागि छ्नौट गर्दा खेलको भिडियो क्लिप जापानको हेड क्वाटर पठाउने र उताबाट रिजल्ट आएमा मात्र सो बेल्ट प्रदान गर्ने श्रेष्ठले बताए ।