पर्सा । बहुजन समाज पार्टी नेपालको केन्द्रीय समिती गठन भएको छ । पर्सामा जारी दुई दिने अधिवेशनबाट केन्द्रीय १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको पर्सा जिल्ला समितिका अध्यक्ष सन्तोष रामले जानकारी दिनु भयो ।
पुर्व अध्यक्ष गंगा प्रसाद महराको अध्यक्षतामा भएको अधिवेशनबाट पुजन रामलाई राष्ट्रिय अध्यक्ष चयन गरेको छ ।
कार्तिक १२ र १३ गते सम्पन्न अधिवेशनमा सुनसरीकि दुर्गा देवी रामलाई उपाध्यक्ष पदमा चयन गरेको हो । सचिवमा विश्वेश्वर सदा चयन हुनुभएको छ भने कोषाध्यक्षमा सप्तरीका अमरलाल राम नियुक्त हुनु भएको पर्सा अध्यक्ष संतोष रामले बताउनु भयो ।
चैत्त-वैशाखमा सम्भवत: तिनै चुनाव हुने आंकलन गरिएको छ । चुनाव भए तिनै तहमा पार्टीले उम्मेदवारी दिने पुर्व पार्टी अध्यक्ष गंगा प्रसाद महराले बताउनु भयो । साथै एक वर्श भित्र सातै प्रदेशसम्म पार्टी विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।