जनकपुरधाम । गत कात्तिक ३ गते सप्तरीस्थित जिता खोलाले बगाएका एक युवकको शव भारत बिहारमा बिहीबार फेला परेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-९ का शम्भु मण्डलका २३ वर्षीय छोरा लालु मण्डलको शव भारत बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको कुनौली ग्राम पञ्चायत-१० स्थित जिता खोलाको बगरमा पूर्ण रुपमा गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गत कात्तिक ३ गते लालु मण्डल र सोही स्थानका सञ्जिवकुमार मण्डललाई हनुमाननगर कंकालिनी नगरपालिका-१४ बैरियाघाटस्थित जिता खोला तर्ने क्रममा बाढीले बगाएको थियो ।
दुवैजना मध्ये सञ्जिवकुमार मण्डल पौडेर खोला बाहिर निस्केपनि लालु बाढीमा बेपत्ता भएका थिए । परिवारले खोजी गर्ने क्रममा बिहीबार बिहान उनको शव भारतीय भूमिमा फेला परेको प्रहरीले जनाएको छ ।