बीरगन्ज । बाराको देवताल गाउँपालिकाले गाउँ बस सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले यसै वर्षको निति तथा कार्यक्रममा घोषणा गरे बमोजिम संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष चन्दन सिंह बताए ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिइरहेका बृद्ध बृद्धाहरुलाई बैंकसम्म आउन जान निकैनै कठिनाइ र असहज भएकोले गाउँ बस सेवा संचालनमा ल्याइएको अध्यक्ष सिंहले बताए ।
उक्त बस ३९ लाखको लागतमा बस खरिद गरिएको गाउँपालिकाले जनाएको छ । सेवा लिने सम्पुर्ण बृद्ध बृद्धालाई फ्री सेवा प्रदान गरिने भएको छ ।